काठमाण्डौ । नेपाल टेलिकमका विभिन्न सेवाहरुका टपअप (रिचार्ज) गर्नका लागि USSD Code *412#  प्रयोग गर्न सकिने भएको छ । 

कम्पनीको जिएसएम मोबाइलबाट  *412# डायल गर्दा रिचार्ज गर्नुपर्ने विभिन्न सेवाहरु मेनुमा देखिन्छ । त्यसपछि त्यहाँ उल्लिखित सेवाहरु नम्बर अनुसार छनौट गरी रिचार्ज गर्न सकिन्छ । यो सुविधाबाट आफ्नो मात्र नभई अन्य जुनसुकै नम्बरमा समेत रिचार्ज कार्ड प्रयोग गरी रिचार्ज गर्न पनि सकिन्छ ।  

कम्पनीले उपलब्ध गराएका जीएसएम सेवा, सीडीएमए सेवा, ल्यान्डलाइन फोन सेवा, एफटीटीएच भ्वाइस सेवा, एफटीटीएच डाटा सेवा, एडीएसएल सेवा, वाइम्याक्स सेवा र सिप  सेवाहरुको टपअप (रिचार्ज) USSD Code  प्रयोग गरी सहज रुपमा गर्न सकिन्छ । 

त्यसैगरी नयाँ सिम एक्टिभ गर्न हाल १४१५ मा कल गरी फस्ट कल एक्टिभेसन गर्दै आएकोमा ग्राहकको थप सुविधाका लागि कम्पनीले *1414#   डायल गरी फस्ट कल एक्टिभेसन गर्न सकिने व्यवस्था मिलाएको कम्पनीले जनाएको छ ।