काठमाण्डौ । आम नेपाली नागरिकलाई टेलिफोन सेवा उपलब्ध गराइएको १ सय वर्ष पूरा भएको अवसरमा विश्व दूरसञ्चार तथा सूचना समाज दिवसका दिन नेपाल टेलिकमले जिएसएम तथा सिडिएमए मोबाइल सेवाका ग्राहकलाई बिभिन्न प्रमोसनल अफरहरु उपलब्ध गराएको छ । 

कम्पनीको प्रमोसनल अफर अन्तर्गत उपलब्ध गराइएको यो सहुलियत २०७४ श्रावण २८ गतेसम्म कायम रहनेछ । 

यसरी उपलब्ध गराइएको अफर अन्तर्गत फोरजी डाटा प्याकेज जिएसएम सेवाका ग्राहकलाई उपलब्ध गराइएको छ भने अलटाइम डाटा प्याकेज र नाइट डाटा प्याकेज सिडिएमए सेवाका ग्राहकहरुलाई पनि उपलब्ध गराइएको छ । 

फोरजी डाटा प्याकेज अन्तर्गत ५० रुपैयाँमा सात दिनसम्म उपभोग गर्न पाउने गरी २ सय एमबी डाटा उपलब्ध गराइएको छ । त्यसैगरी, १ सय रुपैयाँमा चौध दिनसम्म उपभोग गर्न पाउने गरी ५ सय एमबी डाटा, २ सय रुपैयाँमा २८ दिनसम्म उपभोग गर्न पाउने गरी १२ सय एमबी डाटा, ३ सय रुपैयाँमा २८ दिनसम्म उपभोग गर्न पाउने गरी २ हजार एमबी डाटा र ५ सय रुपैयाँमा २८ दिनसम्म उपभोग गर्न पाउने गरी ३ हजार ६ सय एमबी डाटा उपलब्ध गराइएको छ । यो सेवा लिनका लागि जति एमबी आवश्यक पर्ने हो सोही अनुसार १४१५ मा सन्देश पठाउनु पर्ने टेलिकमले जनाएको छ । जस्तै : 500MB डाटा सेवा लिनका लागि 4G500MB टाइप गरी १४१५ मा एसएमएस पठाउनु पर्नेछ । 

अल टाइम डेटा प्याक अन्तर्गत स्मल डेटा प्याक (रु.२५ र रु.५०) पनि थप गरिएको छ ।  अल टाइम डाटा प्याकेज अन्तर्गत २५ रुपैयाँमा सात दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ६० एमबी डाटा उपलब्ध गराइएको छ । त्यसैगरी ५० रुपैयाँमा चौध दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी १ सय २५ एमबी डाटा, १ सय रुपैयाँमा तीस दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ४ सय एमबी डाटा, २ सय रुपैयाँमा तीस दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ८ सय ५० एमबी डाटा र ३ सय रुपैयाँमा तीस दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी १ हजार ५ सय एमबी डाटा उपलब्ध गराइएको छ । यो सेवा लिनका लागि जति एमबी आवश्यक पर्ने हो सोही अनुसार १४१५ मा सन्देश पठाउनु पर्नेछ । जस्तै : ६० एमबी डाटा लिनका लागि DATA60MB टाइप गरी १४१५ मा एसएमएस पठाउनु पर्नेछ ।

त्यसैगरी नाइट डाटा प्याकेज अन्तर्गत २ सय रुपैयाँमा ३ जीबी डाटा र ३ सय रुपैयाँमा ६.५ जीबी डाटा राती १० बजेदेखि बिहान ६ बजेसम्म तीस दिनसम्म उपभोग गर्न पाइने गरी उपलब्ध गराइएको छ । यो सेवा लिनका लागि जति जिबी आवश्यक पर्ने हो सोही अनुसार १४१५ मा सन्देश पठाउनु पर्नेछ । जस्तै : ६.५ जिबी डाटा लिनका लागि NIGHT6GB टाइप गरी १४१५ मा एसएमएस पठाउनु पर्नेछ ।

उपरोक्त अल टाइम डाटा प्याकेज तथा नाइट डाटा प्याकेज सिडिएमए सेवाका ग्राहकलाई २०७४ जेठ ३ गतेदेखि उपलब्ध हुनेछ भने जिएसएम सेवाका ग्राहकलाई २०७४ बैशाख २९ देखि लागू हुने गरी उपलब्ध गराइसकिएको छ ।

यसैगरी, फेसबुक तथा इन्स्टाग्राम डाटा प्याकेज अन्तर्गत २५ रुपैयाँमा सात दिनसम्म उपभोग गर्न पाउने गरी १ सय १० एमबी डाटा उपलब्ध गराइएको छ । ५० रुपैयाँमा चौध दिनसम्म उपभोग गर्न पाउने गरी २ सय ३० एमबी डाटा, १ सय रुपैयाँमा २८ दिनसम्म उपभोग गर्न पाउने गरी ५ सय एमबी डाटा र २ सय रुपैयाँमा २८ दिनसम्म उपभोग गर्न पाउने गरी १ हजार १ सय एमबी डाटा उपलब्ध गराइएको छ । यो सेवा लिनका लागि जति एमबी आवश्यक पर्ने हो सोही अनुसार १४१५ मा सन्देश पठाउनु पर्नेछ । जस्तै : ११० एमबी डाटा लिनका लागि FB110MB टाइप गरी १४१५ मा एसएमएस पठाउनु पर्नेछ ।