काठमाण्डौ । नेपाल दूरसंचार कम्पनी लिमीटेडले १३ पदका लागि ३८ कर्मचारी मागेको छ । 
स्थायी पदपूर्तिका लागि लोकसेवा आयोगबाट सहमति लिर्ई टेलिकमले कर्मचारी मागेको हो । 

नवौं तहको उपप्रबन्धकदेखि चौथो तहको टेक्निसियनसम्मको पदका लागि जागिरको अवसर खुलाइएको हो । 

सबैभन्दा बढी चौथो तहको  टेलिकम टेक्निसियनका लागि ११ कर्मचारी मागिएको छ । टेलिकम इञ्जिनियरको रुपमा ८ जना, कम्प्युटर इञ्जिनियर ५ जना लगायतका कर्मचारी मागिएको छ । 

आज(शुक्रबार)को हिसाबले ३० दिनभित्र र डबल दस्तुुर तिरी थप ७ दिनभित्र इच्छुकले आवेदन दिनसक्ने सूचनामा उल्लेख छ । यसको अर्थ कात्तिक ४ गतेसम्म आवेदन दिनुपर्नेछ । दोब्बर दस्तुुर तिरेर कात्तिक ११ गतेसम्म आवेदन दिन सकिनेछ । 

अधिकृत तहको ८ र ९ का लागि ८०० रुपैयाँ,  अधिकृत तह ६ र ७ का लागि ७०० र सहायक स्तर तह ४ का लागि ५०० रुपैयाँ परीक्षा दस्तुुर तोकिएको छ । 

आवश्यकता सम्बन्धी सूचना हेर्नुहोस् जस्ताको तस्तै: