काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तरगत काठमाण्डौको टोखास्थित डाँफे टोल विकास संस्थालाई डस्टबीन हस्तान्तरण गरेको छ । 

टोखा–६, डाँफेबजार वरिपरीको सरसफाईमा ध्यान दिदै ंबैंकले डस्टबीन वितरण गरेको हो । 

उक्त डस्टबीन मुक्तिनाथ विकास बैंक लिमीटेड टोखा शाखाका प्रमुख दिनेश पन्तले डाँफे टोल विकास संस्थाका अध्यक्ष किरणदेव पन्तलाई हस्तातरण गरेका थिए । 

मुक्तिनाथ विकास बैंकले देशैभरी ११८ वटा शाखा, २२ वटा ए.टि.एम. र करिब सातलाख ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, मोबाइल बंैकिंङ्ग सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटीएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ । 

हालै मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता तथा, आकर्षक सुविधा र व्याजदरमा आवास तथा सेयर कर्जा सञ्चालनमा ल्याएको छ ।