काठमाण्डौ । एनआइसी एशिया बैंकले टोखा नगरपालिकामा स्थापित नयाँ शाखाको मंगलबार औपचारिक उद्घाटन गरेको छ । 

काठमाडौं जिल्ला, टोखा नगरपालिका वडा नं. ६, काठमाडौंस्थित टोखा शाखाको टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीबाट मंगलबार एक भव्य समारोहका बीच उद्घाटन भएको हो । 

हाल यो बैंकको देशभर २८३ शाखा कार्यालयहरु, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखा रहित बैंकिङ्ग ईकाईको वृहत सञ्जाल रहेको छ भने करिब १६ लाख ग्राहक रहेका छन् ।