काठमाण्डौ । मारुती सुजुकी र टोयोटाको ज्वाइन्ट भेञ्चरको रुपमा टोयोटा ग्लाञ्जा कार बनाउने क्रम जारी रहेको  छ । यो कारको औपचारिक लञ्चिङअघि नै यसका केही महत्वपूर्ण विशेषताहरु लिक भएका छन् । 

यो कार आगामी जून ६ मा लञ्च हुने कार्यक्रम छ । यो कार मारुती बलेनोमा आधारित रहेर बनाइएको छ । रिपोर्टका अनुसार टोयोटा ग्लाञ्जा दुई भेरिएन्टमा(जी र भी)मा आउनेछ । यसमध्ये भी टप भेरिएन्ट हुनेछ ।

टोयोटा ग्लाञ्जामा १.२ लीटरको पेट्रोल इञ्जिन रहनेछ, जसले ८२ बिएचपीको पावर र ११२ एनएमको टर्क जेनेरेट गर्नेछ । यसबाहेक ग्लाञ्जामा ८९ विएचपी पावरवाला १.२ लिटर के १२ सी ड्यूल–जेट माइल–हाइब्रिड इञ्जिनको विकल्प समेत प्राप्त हुनेछ । ड्यूल जेट हाइल्ड हाइब्रीड इञ्जिन जी भेरिएन्ट्समा मात्र प्राप्त हुनेछ, जुन म्यानुअल गियरबक्सबाट सुसज्जित हुनेछ । 

यो भेरिएन्टमा अटोमेटिक ट्रान्समिसन पनि प्राप्त हुनेछ, तर यो बिना हाइब्रीडवाला १.२ लिटरवाला इञ्जिनमा मात्र हुनेछ । भी भेरिएन्टमा चाहि बिना हाइब्रीडवाला १.२ लिटरको इञ्जिन हुनेछ भने जसमा म्यानुअल र ट्रान्समिसनको अप्सन उपलब्ध हुनेछ । 

लिक भएको फिचर्सः

  • एन्ड्रोइड अटो
  • पुस बटन स्टार्ट
  • ड्यूल एयरब्याग्स
  • अटो क्लाइमेट कन्ट्रोल
  • इबीडीको साथमा एबीएस
  • एप्पल कारप्ले कनेक्टिभिटी
  • हाइट–अड्जेस्टेबल ड्राइभर सिट
  • स्टीयरिङ–माउण्टेड अडियो कन्ट्रोल्स
  • ब्लुटुथको साथमा ७ इञ्चको टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम
  • नेभिगेसन तथा भ्वाइस कमाण्ड्स