काठमाण्डौ । टोयोटा किर्लोस्कर मोटरले आफ्नो पपुलर एसयूबी फर्च्युनरका सीमित एडिसन टीआरडी स्पोर्टिभो भारतको दिल्ली एक्सशोरुममा लन्च गरेको छ ।

यो कार पछिल्लो एक दशकदेखि भारतीय बजारमा बिक्री भइरहेको छ । नयाँ फर्च्युनर टीआरडी सेलिब्रेसन एडिसनको डिजाइन टोयोटा रेसिङ डेभल्पमेन्टले गरेको हो । यो कार डिजल वरिएन्टमा उपलब्ध छ । जुन अटोमेटिक ट्रान्समिसनका साथ आएको छ ।

यसको मूल्य दिल्ली एक्सशोरुममा नेरु ६२.१६ लाख (भारु. ३३.८५) रहेको छ ।

टोयोटा मोटर्सका डिप्टी म्यानेजिङ डाइरेक्टर एन राजाका अनुसार फर्च्युनर एसयूबीले सन् २००९ मा भारतीय बजारमा तहल्का मच्चाएको थियो र यसलाई लामो समयदेखि भारतीय ग्राहकले मन पराइरहेका छन् । उनका अनुसार ग्राहकको आय बढेअनुसार नै यसको मूल्यमा पनि फेरबदल हुन्छ । उनालाई विश्वास छ कि यो नयाँ फर्च्युनर टीआरडीले भारतीय बजारमा नयाँ कीर्तिमान कायम गर्नेछ ।

टोयोटा फर्च्युनर टीआरडीमा नयाँ फ्रन्ट र रियर बम्पर, डुअल टोन रुफ, स्पोर्टी ब्ल्याक एन्ड मरुन लेदर सिट र ब्ल्याक एलय ह्विल दिइएको छ । यो कार २.८ लिटरको डिजेल इन्जिनमा पाइनेछ । यसको इन्जिन १७४एचपी पावरको र ४५० न्युटन मिटर टार्क जेनरेट गर्न सक्छ । यसका साथै ६ स्पिड अटोमेटिक गियरबक्स रहेको छ । यसको माइलेज १२.९ किलोमिटर प्रतिलिटर रहेको छ । – एजेन्सी