काठमाण्डौ । टोयोटा मोटर कर्पले गरगहना(ज्वेलरी) डिजाइनबाट प्रेरित भएर आफ्नो नयाँ कारको सेक्सी लुक्स पेश गरेको छ । टोयोटाका प्रमुुख इञ्जिनियर हिरोयूकी कोबाका अनुसार नयाँ ''सीएच आर'' मोडेललाई सेक्सी डायमण्डको थिमबाट बनाइएको हो । 

यो थिमबाट कारको बाहिरी र भित्री दुवै लुक्सलाई विशेष प्राथमिकता दिइएको छ र यी दुवै लुक्स निकै सेक्सी बनाइएको छ । यो कारको भारतमै प्रारम्भिक मूल्य २० लाख भारु हुने जनाइएको छ । 

कोबाका अनुसार यो कारलाई विशेष डिजाइन दिइएको छ । सीएचआरको यो डिजाइनका लागि जापानमा गाडीको आधिकारिक लञ्च हुनुुअघि नै २९ हजार गाडीको अग्रिम माग भइसकेको छ । उनको भनाईमा यदि कारका पारखीले यसलाई मन पराएनन् भने सोच्नुुहोस् यसलाई तपाईंले कहिल्यै मन पराउनुुहुन्न । तर यदि यसलाई मन पराउनुुभयो भने मरुञ्जेल मन पराउनुुहुनेछ । 

टोयोटाले यो गाडी एक वर्षको अवधिमा १.७० लाख वटा बनाउने योजना बनाइरहेको छ । तुर्किस्थानमा १ लाख र जापानमा ७० हजार यस्ता कार बनाइनेछ । तर, हालै अमेरिकाका नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले यस खालको कारको आलोचना गरेका थिए, यसले चाहि सीएचआर र टोयोटाको अन्य मोडलहरुमा सामान्य असर पर्ने अनुमान गरिएको छ । 

कोबाका अनुसार यसअघि टोयोटाको उत्पादनलाई मन नपराउनेहरुलाई समेत यो नयाँ सेक्सी मोडलले छाड्ने छैन । उनीहरुले जबरजस्त यही कार किन्ने छन् । 

के छन् विशेषता ?
-इञ्जिन : १.२ लिटर
-पावर : ११४ बिएचपी
-६ स्पीड म्यानुुअल तथा सिवीटी गियर बक्स
-अटो हेडलाइट्स
-अटो वाइपर्स
-फलो मी होम हेडलाइट्स
-रिभर्सिङ क्यामेरा
-एलइडी डेलाइट रनिङ लाइट्स
-प्रिकोलिसन सिस्टम
-रोड साइन एसिस्ट
-अटोमेटिक हाई बिम
-क्रूूज कन्टोल
-फग ल्याम्प
-एबीएस
-भेइकल स्टेबिलिटी कन्ट्रोल