काठमाण्डौ। टोयोटा किर्लोस्कर मोटरले गुड्दा आफैँ चार्ज हुने हाइब्रिड इलेक्ट्रिक कार ‘भेलफायर’ भारतीय बजारमा लन्च गरेको छ।

यो कारले इन्धन कम खपत गर्न ग्राहकलाई राम्रो अनुभव प्रदान गर्नेछ भने कार्बन उत्सर्जनमा पनि कमी गर्नेछ।

टोयोटाले साढे २ लिटरको चार सिलिन्डरको ग्यासोलिन हाइब्रिड इन्जन रहेको जनाएको छ। यसले ११५ हर्स पावरको क्षमता प्रदान गर्छ। 

त्यस्तै फ्रन्ट इलेक्ट्रिक मोटर १४३पीएसको पावर र रियर मोटर ६८पीएस पावर जनरेट गर्न सक्छ। 

यो कारको इन्जिनमा दुई इलेक्ट्रिक मोटर र एउटा हाइब्रिड ब्याट्री रहेको छ, जसले कार्बन उत्सर्जन कम गर्छ। 

यो कारमा १७ जेबीएल प्रिमियम अडियोसहितको १७ स्पिर राखिएको छ। यसमा पावर अडजेस्टेबल सिटका साथै अटोम्यान फङ्सन, १६ कलर एबिडिएन्ट लाइट र सुपर लङ सिट स्लाइडिङ फङ्सन पाइनेछ। 

कारको बीचमा पावर अडजेस्टेबल भीआईपी सिट पाइनेछ। जुन कुल, हिटिङ फङ्सन र लेग सिटका साथ आउनेछ। प्रिमियम फिचर्स ३ जोन क्लाइमेट कन्ट्रोल, १३ इन्चको रियर इन्टरटेन्मेन्ट स्क्रिन र एउटा ट्विन सनरुफ समावेश गरिएको छ। 

कारमा ७ एअरब्याग, एउटा प्यानोरोमिक भ्यू मनिटर, भेइकल डायनमिक म्यानेजमेन्ट, फ्रन्ट र रियरमा पार्किङ सेन्सर दिइएको छ। 

यो कारको अगाडि ठूलो ग्रिलको अटो एलआईडी हेडल्याम्प र डे टाइम रनिङ लाइल लगाइएको छ। यसको तल फग ल्याम्प दिइएको छ। अगाडि र पछाडि सिक्वेन्सियल टर्न लाइट पनि समावेश गरिएको छ। – एजेन्सी