जापानका दुई ठूला गाडी निर्माता कम्पनी टोयोटा र होण्डाले सुरक्षाको कारण देखाई लाखौं कारहरु बजारबाट फिर्ता बोलाउने निर्णय गरेको छ । 

मंगलबार टोयोटाले आफ्ना ३४ लाख कारहरु विश्व बजारबाट फिर्ता बोलाउने बताएको हो । 

फिर्ता बोलाइने कारमध्ये २९ लाख युनिट अमेरिकाबाट मात्र फिर्ता गरिनेछ । 

कम्पनीले बजारबाट कार फिर्ता बोलाइनुको मुख्य कारण, कारमा दुर्घटनाको बेला यात्रुलाई जोगाउने इक्युपमेन्टमा देखिएको खराबी भएको जनाइएको छ । उत्तरअमेरिका, मध्यअमेरिका र दक्षिण अमेरिकाको सडकमा गुडिरहेका कोरोला, कोरोला म्याट्रिक्स, एभालोन, र एभालोन एचभिलाइन मोडलका कारहरु सन् २०१० देखि २०१९ को बीचमा उत्पादन गरिएका हुन् । यी सबै मोडलका कारहरुका उपकरणमा गम्भीर समस्याहरु देखापरेको थियो । 

मंगलबारै अर्काे छुट्टै घोषणामा होन्डाले पनि आफ्नो २७ लाख युनिट कार बजारबाट फिर्ता बोलाउने बताएको थियो । फिर्ता बोलाइनेमध्ये २४ लाख युनिट अमेरिकाबाट र र ३ लाख युनिट क्यानडाबाट मगाइने भएको छ । कम्पनीकाअनुुसार सन् १९९६–२००३ सम्म उत्पादन गरिएका अकुरास र टाकाटा एअर ब्यागमा  देखिएको समस्याको कारण यी युनिट कार फिर्ता बोलाउने निर्णय भएको बताएको छ । 

टोयोटाले खराब र कमसल इलेक्ट्रोनिक कन्ट्रोल युनिट जडान भएकोे हुनसक्ने भएकाले आफ्ना कारहरु बजारबाट फिर्ता बोलाउने निर्णय गरेको बताएको छ । इलेक्ट्रोनिक कन्ट्रोल युनिटले कारको सेन्सरसंग सम्पर्क गर्छ र एअरब्याग र सिट बेल्ट बाँध्न यात्रुलाई सूचना सम्प्रेषण गर्ने गर्छ । कार यदि कतै ठोक्किएमा यसले कार चालकलाई कसेर राख्छ र कारमा धेरै क्षति र यात्रुहरुलाई जोगाउँछ ।

टोयोटाले यो सिस्टममा केही हप्ताअघि मात्रै अस्वभाविक आवाज आउने समस्या देखा परेको र जसले गर्दा डिभाइसको कनेक्टीभिटीलाई असर पुग्ने भएकाले यो समस्या हटाउन आवश्यक भएको जनाएको छ । कम्पनीले अमेरिकाका कारधनीलाई मध्य मार्चदेखि आफ्नो कार टोयोटाको डिलरसिपमा चेक गर्न आह्वान गर्ने जनाएको छ र नयाँ न्वाइज फिल्टर जडान गरिनेछ । 

उता, होन्डाकोे कार फिर्ता गर्ने निर्णय, जापानिज एअर ब्याग निर्माताका लागि टाकाटाको टाउको दुखाइको विषय बनेको छ । टाकाटा यसअघि नै सुरक्षाको मामीलामा फेल भइसकेको कम्पनी हो । तर होन्डाले टाकाटाको त्यो पुरानो विषयसंग कम्पनीको कुनै सरोकार नरहेको जनाएको छ । 

माथि भनिएका अवधिमा उत्पादन गरी यी दुई कम्पनीबाट उत्पादित कार फिर्ता ल्याउने निर्णयले नेपालको ती कम्पनीहरुको बजारमा कस्तो प्रभाव पार्छ भन्ने बिषय चाहि खुलिसकेको छैन । तर, ती मोडलका कारहरु नेपालकै सडकमा समेत गुडाउन भने असुरक्षित रहेको चाहि उनीहरुको भनाईबाट समेत सहजै बुझ्न सकिन्छ । 

एजेन्सीको सहयोगमा