काठमाण्डौ । जापानका सबैभन्दा ठूला गाडी निर्माता कम्पनीहरु टोयोटा, होन्डा र निसानले अमेरिकामा रहेका आफ्ना प्लान्टहरुबाट गाडी उत्पादन बन्द गर्ने निर्णय गरेका छन्। 

विश्वभर फैलिँदै गरेको कोरोनाभाइरस रोकथामका लागि अमेरिकामा रहेका आफ्ना प्लान्टहरुबाट उत्पादन बन्द गर्ने निर्णयमा यी कम्पनीहरु पुगेका हुन्। टोयोटाले उत्तरी अमेरिकामा रहेका आफ्ना प्लान्टहरु यही मार्च २३ देखि अप्रिल ३ सम्म बन्द गर्ने निर्णय गरेको छ। 

त्यस्तै निसानले अमेरिकामा रहेका आफुना सम्पूर्ण प्लान्टहरुबाट उत्पादन गर्ने काम मार्च २० देखि अप्रिल ६ सम्म बन्द गर्ने निर्णय गरेको छ। 

उता होन्डाले पनि २३ मार्चदेखि ६ दिनका लागि अमेरिकास्थित आफ्ना प्लान्टहरुबाट उत्पादन कार्य स्थगित गरेको छ। होन्डाले आफ्नो विज्ञप्तिमा यो अवधिमा अमेरिकामा आफ्नो गाडी उत्पादन ४० हजार युनिटले घट्ने जनाएको छ। – एजेन्सी