काठमाण्डौ । ब्रेड, चिप्स तथा आलुुलाई धेरै तताउने वा पकाउने काम बन्द गर्नुहोस्, कारण बैज्ञानिकहरुले यस्तो काम धेरै गर्दा क्यान्सर हुने तथ्य पत्ता लगाएका छन् । 

वैज्ञानिकका अनुसार अधिक कार्बोहाइडेड भएको खाना जब धेरै तापमानमा धेरै समय सेकिन्छ वा भुटिन्छ, त्यसमा एक्रिलामाइड नामको रसायन उत्पादन हुन्छ । यो रसायन अलग अलग खालका खानामा हुन्छ । यो खाना बनाउने समयमा स्वभाविक रुपमा पैदा हुन्छ । 

यो ती खाद्यवस्तुमा बढी पाइन्छ, जसमा चिनी र कार्बोहाइडेडको मात्रा बढी होस । यस्ता खाना १२० डिग्री सेल्यिससम्मको तापक्रममा पकाउने गरिन्छ । जस्तै, ब्रेड, चिप्स, बिहान नास्ताको लागि पकाइने दाल, बिस्कुट क्र्याक्स, केक तथा काफी । 

तर जब हामी ब्रेडलाई टोस्ट बनाउन ग्रिल गर्छौ, सो क्रममा ज्यादा मात्रामा एक्रिलामाइड बन्छ । यो क्रममा ब्रेडबाट एकखालको सुगन्ध समेत आउँछ, कारण, ब्रेड तताउने क्रममा त्यसमा रहेको पानीको मात्रा, एमिनो एसिड सबै एकआपसमा मिल्छन् र ठूलो मात्रामा एक्रिलामाइड नामको रसायन जम्मा हुन्छ । 

फूड स्टेण्डर्स एजेन्सीले खाना बनाउन दिइएको निर्देशनको पालना गर्न तथा कुनै पनि खाना धेरै सुक्खा हुने गरी नसेक्न र नपोल्न आग्रह गरेको छ । 

तर क्यान्सर रिसर्चसँग जोडिएका प्रवक्ताले निकै रातो हुने गरी पकाइएको खानाबाट मानिसलाई चाहि क्यान्सर हुने कुराको सम्पूर्ण पुुष्टि भइसकेको छैन । 
 

जनावरहरुको साथमा गरिएको यो सोधका अनुसार यो रसायन डिएनएका लागि बिषाक्त हुन्छ र यसबाट क्यान्सर पैदा हुन्छ । वैज्ञानिकहरुले यस्तो खानालाई मानिसका लागि समेत हानिकारक हुने भनेका छन् । एक्रिलामाइडका कारण क्यान्सरको खतरा हुनुको साथै प्रजनन् अंगमा समेत गहिरो असर पर्नसक्ने वैज्ञानिकहरुले दाबी गरेका छन् । 

वैज्ञानिकहरुले आलुुलाई फ्रिजमा नराख्न पनि चेतावनी दिएका छन् । कारण कम तापक्रममा रहँदा आलुमा हुने चिनीको मात्रा अझै बढ्छ । त्यसपछि जब यसलाई पकाईन्छ, त्यसबाट एक्रिलामाइडको मात्रा झनै उच्च हुन्छ ।