काठमाण्डौ । अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले एक चीन नीतिप्रति प्रश्न उठाएका छन् । उनले भनेका छन् कि चीनबाट फाइदा नलिई चीन नीतिको निरन्तरता दिइनुुको कुनै औचित्य छैन । 

फक्स न्यूजलाई दिएको अन्तर्वार्तामा ट्रम्पले अमेरिका ’एक चीन’ नीतिमा अमेरिका बांधिरहनु नहुने टिप्पणी गर्दै भने, “म यो बुझ्दिन कि हामी एक चीन नीतिमा किन बांधिनुपर्छ। हामीले व्यापार लगायतका अन्य क्षेत्रमा हुने सम्भावित सम्झौतासंग त्यसलाई जोड्दैनौं भने किन त्यसलाई मान्ने?''

ट्रम्पले थप अगाडि भने, “हेर्नुस्, चीनले जानाजान आफ्नो मुद्राको भाउ घटाउंदा हामीलाई असर परेको छ। हामीले कर लगाएका छैनौं तर उनीहरुले सीमामा त्यसो गरिरहेका छन्।''

“चीनले साउथ चाइना सीमा सैन्य किला बनाएको छ जुन उसले गर्नहुन्थेन। चीनले मलाई प्रभावित पारोस् भन्ने म चाहन्न।''

यो नीति कयौं दशकदेखि अमेरिका चीन सम्बन्धको आधार बन्दै आएको छ । यही कारण ट्रम्पको अभिव्यक्तिले चीनमा बबाल मच्चिने आशंका गरिएको थियो र भयो पनि त्यस्तै । चीनका विभिन्न शहरहरुमा ट्रम्पविरुद्ध ठूला प्रदर्शन थालिएको छ ।

ट्रम्पको यो भनाईपछि त्यहाँ अझ बबाल मच्चिने आँकलन गरिएको छ । 

आखिर यो ''एक चीन नीति'' हो चाहि के ? हेरौं १० तथ्य :
१.एक चीन नीतिको अर्थ हो, चीन नामको विश्वमा एउटै मात्र राष्ट हो, ताइवान अलग देश होइन, चीनको एक प्रान्त मात्र हो । 

२.पिपुुल्स रिपब्लिक अफ चाइना(पीआरसी), जसलाई आम रुपमा चीन भनिन्छ, यो सन् १९४९ मा निर्माण भएको थियो । यसपछि चीनको मुख्य ठाउँ  र त्यसपछि चीनको प्रशासित क्षेत्रको रुपमा हंकंग, मकाउ जस्ता क्षेत्र आउँछन् ।

३. अर्काेतर्फ रिपब्लिक अफ चाइना(आरओसी) छ, जसको सन् १९११ देखि १९४९ सम्मको अवधिमा चीनमा कब्जा थियो, तर अब यो समूहसँग ताइवान र केही द्वीप समूह मात्र बाँकी छन् । यसलाई आम रुपमा ताइवान भनिन्छ । 

४. एक चीन नीतिको अर्थ हो, विश्वका जुुनसुकै देश पिपुुल्स रिपब्लिक अफ चाइना(चीन)सँग कुटनीतिक सम्बन्ध चाहन्छ भने उसले रिपब्लिक अफ चाइना(ताइवान)सँग सबै सम्बन्ध तोड्नुपर्ने हुन्छ । 

५.कुुटनीतिक जगतमा पनि यो मानिन्छ कि चीन एक हो र ताइवान उसको एक हिस्सा मात्र हो । यही नीतिका कारण अमेरिका ताइवानलाई छाडेर चीनसँगै आधिकारिक सम्बन्ध राख्छ । तर ताइवानसँग अमेरिकाको अनाधिकारिक सम्बन्ध निकै प्रगाढ छ । 

६.ताइवान ओलम्पिक खेल जस्तो अन्तराष्टिय समारोहहरुमा चीनको नाम प्रयोग गर्न सक्दैन । यसको साटो उसले लामो समयदेखि यस्ता मञ्चहरुमा चाइनिज ताइपेको नामबाट आफूलाई चिनाइरहेको छ । 

७.यो मुद्धामा चीनको कुरा स्वीकार गर्नु चीन अमेरिका सम्बन्धको आधार मात्र नभई चीनको तर्फबाट नीति निर्माण तथा कुटनीतिका लागि समेत महत्वपूर्ण हो ।

८.अफ्रिका तथा क्यारेबियन क्षेत्रका कयौं साना देशहरुले विगतमा आर्थिक सहयोगका खातिर चीन र ताइवान दुवैसँग एकैखालको सम्बन्ध राखे र तोडे पनि । 

९.यो नीतिका कारण चीनलाई फाइदा भयो र ताइवान कुटनीतिक स्तरमा निकै पृथक रहँदै आएको छ । विश्वका कयौं देशसहित संयुक्त राष्टसंघ पनि उसलाई स्वतन्त्र देश मान्दैन । तर यसको बाबजुद पनि यो पूर्ण रुपमा अलग पनि छैन । 

१०.धेरैलाई थाहा छ कि अहिले चीन निकै शक्तिशाली छ र कुुटनीतिक सम्बन्धको हिसाबबाट ताइवान निकै पछि छ । अब यही हेर्न बाँकी छ कि टम्पले हालै दिएको अभिव्यक्तिले के अमेरिकाले चीनसँगको सम्बन्धमा कुनै बदलाव पो हेर्न चाहिरहेको हो कि ? 
(बीबीसीको सहयोगमा तयार आलेख)