काठमाण्डौ । ज्योति विकास बैंकले बिहीबार काठमाण्डौका ठमेलमा आफ्नो नयाँ  शाखा  बिस्तार गरेको छ । 

एक समारोहका बीच काठमाडौं महानगरपालिका वडा नं २६ का अध्यक्ष ख्यामराज तिवारी तथा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले सो शाखाको औपचारिक उद्घाटन गरे ।

सो अवसरमा बैंकका कर्मचारी र सर्वसाधारणले ठमेल क्षेत्रको सरसफाई समेत गरेका थिए । 

निकट भविष्यमा नै १० वटा नयाँ शाखा संचालनमा ल्याइने योजना रहेको बैंकले जनाएको छ । 

आफ्ना ग्राहकको आवश्यकता र सुविधालाई ध्यानमा राखि बैंकले निःशुल्क ईन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, लकर सेवा, एटिएम सेवा, ३६५ दिने बैंकिङ्ग सेवाका साथ एबीबिएससेवा समेत उपलब्ध गराएको छ । 

हाल बैंकले ५० वटा शाखा एवं १४ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ । हालसम्म बैंकले करिब १ लाख २२ हजारभन्दा बढि खाताबाट रु. १३ अर्व ४५ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १२ अर्व ४३ करोड ऋण लगानीगर्न सफलभएको छ । बैंकले हालै जारी गरेको बोनस सेयर समेत गरी कुल चुक्तापूँजी रु.२ अर्व ५९ करोड पुगीसकेको छ ।