काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले काठमाण्डौको ठमेलमा शाखा कार्यालय स्थापना गरी औपचारिक रुपमा कारोबार थालेको छ । 

काठमाण्डौ जिल्लाको काठमाण्डौ महानगरपालिका वडा नं. २६ स्थित ठमेलमा बिहीबार एक समारोहका बीच बैंकले आफ्नो ८७ औं शाखा कार्यालय स्थापना गरी कारोबार थालेको हो । 

बैंकका अध्यक्ष सुदीप आचार्य तथा  प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका थिए । 

कार्यक्रममा बैंकका संस्थापक कृष्ण आचार्य तथा संचालक चतुराखर अधिकारीले बैंकले द्रूत गतिमा शाखा तथा कारोबार विस्तार गरेकोमा बैंक हरेक दृष्टिले अब्बल बन्नुपर्ने धारणा राखेका थिए भने प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकको हालसम्मको संक्षिप्त जानकारी दिँदै भावी योजनाहरुको बारेमा प्रकाश पारेका थिए ।