काठमाण्डौ । सनराइज बैंक लिमिटेड तथा डलर स्मार्ट ग्लोबलबीच विप्रेषण सेवा सम्बन्धी सम्झौता भएको छ । 

यो सम्झौता अनलाइन रेमिट्यान्स प्रणालीको भएको हुँदा अष्ट्रेलिया र हङकङमा रहेका नेपालीहरुलाई नेपालमा पैसा पठाउन अझ सरल र सुलभ हुने सनराइज बैंकको आशा छ ।

यसरी डलर स्मार्टमार्फत पैसा पठाउँदा कुनै पनि सेवा शुल्क नलाग्ने साथै उच्च विनिमय दरमा रकम पठाउन सकिनेछ । 

हाल यो सुविधा अष्ट्रेलिया र हङकङमा मात्र रहेको र आउने दिनहरुमा डलर स्मार्टको शाखा बिस्तारसहित अन्य मुलुकहरुमा समेत सेवा बिस्तार गरिने बैंकले एक विज्ञप्तिमार्फत जनाएको छ । 

डलर स्मार्टको सेवा लिन सेवाग्राहकहरुले डलर स्मार्टको वेभसाइटमा गई दर्ता प्रक्रिया पूरा गर्नुपर्नेछ । 

यसरी पठाएको पैसा केही मिनेटमै सनराइज बैंकका १०४ वटै शाखा तथा बैंकका देशभरी छरिएका एजेन्ट सञ्जाल मार्फत सजिलै नगद प्राप्त गर्न सकिनेछ । 

साथै बैंक खाताको हकमा भने, यो सेवा सनराइज बैंकको खातामा मात्र सिमित नभइ देशका अरु विभिन्न वाणिज्य र विकास बैंकको खाताहरुमा समेत एकैदिनमा रकम जम्मा हुने व्यवस्था मिलाइएको छ ।