काठमाण्डौ । कोरोना संकटबीच अमेरिकी डलर नेपाली मुद्राको तुलनामा बलियो बन्दै गएको छ।

एकातिर कोरोना महामारीले विश्व अर्थतन्त्र ध्वस्त भइरहेकै बेला अर्कोतिर डलर शक्तिशाली बन्दै गएको छ। हिजो र आज नै गरी नेपाल मुद्राको तुलनामा ५९ पैसाले बढिसकेको छ। 

नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुका लागि बुधबार कायम गरेको विनिमय दरअनुसार डलरको भाउ बुधबार ३० पैसाले बढेको छ। यो बढोत्तरीसँगै प्रतिडलर खरिददर १२१.६४ रुपैयाँ र बिक्रीदर १२२.२४ रुपैयाँ पुगेको छ। हिजो मंगलबार पनि डलरको भाउ २९ पैसाले बढेर प्रतिडलर खरिददर १२१.३४ रुपैयाँ र बिक्रीदर १२१.९४ रुपैयाँ पुगेको थियो।

डलरको भाउले गत अप्रिल २२ मा नेपालकै इतिहासमा सर्वाधिक उचाइ कायम गरेको थियो। यो दिन प्रतिडलर खरिददर १२२.६४ रुपैयाँ र बिक्रीदर १२३.२४ रुपैयाँ रहेको थियो।