काठमाण्डौ । केही समय अघि सञ्चालनमा आएको मेरोलगानी डाटा एनालिटिक्स अनलाइन सफट्वेयरमा नयाँ फिचर थप गरिएको छ । साधारण लगानीकर्ताको हीतलाई ध्यानमा राखेर यस्तो फिचर थप गरिएको हो । यो फिचरबाट निश्चित समयमा कुनै सूचकमा कति परिवर्तन भयो र त्यसको असर क्षेत्रगत रुपमा कति पर्यो भन्ने देखाउँछ ।

डाटा एनालिटिक्समा थप गरिएको नयाँ फिचर स्टक सेन्सिटिभिटीले समूूहगत सूचकका बारेमा लगानीकर्ताले चाहेको समय सीमाको अध्ययन गरी नतिजा हेर्न सक्छन् । यसबाट घट्दो बजारमा सेयर मूल्य माथि चढिरहेका कम्पनीको बिवरणका साथै विभिन्न किसिमका फरक किसिमका जानकारीहरु पाउन सकिन्छ । जसले लगानीकर्तालाई लगानीका सम्बन्धमा उचित निर्णय गर्न सघाउने विश्वास लिएको मेरोलगानीले जनाएको छ ।