काठमाण्डौ । नेपालमा ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्प प्रा.लि.ले नेपाली बजारमा ड्याट्सन गो गाडीको नयाँ खरिद मूल्य सार्वजनिक गरेको छ । 

रु २४.९९ लाखबाट प्रारम्भ हुने यस गाडीका विभिन्न ३ मोडेलहरु GO A (O), GO T  र GO T(O) नेपाली बजारमा उपलब्ध छन् । 

यी गाडीहरु थापाथली तथा उत्तरढोकास्थित कम्पनीका आधिकारिक शोरुमहरु तथा नेपाल अधिराज्यभर रहेका विभिन्न १३ स्थानबाट सहजै प्राप्त गर्न सकिनेछ ।

नयाँ ड्याट्सन गो गाडीमा अभूतपूर्व विशेषताहरु रहेका छन् यसमा विद्यमान रहेको विशेषता र आरामदायी, सुरक्षा तथा स्टाइलिसबाट ड्राइभिङ्ग अनुभवको जीवन्तता प्राप्त गर्न सकिन्छ । 

कारले नयाँ युगका लागि जापानिज प्रविधियुक्त इञ्जिन, इन्धन किफायती, बस्नका लागि धेरै स्पेस तथा सुरक्षाजस्ता पक्षहरुको सर्वोत्तम प्याकेज प्रदान गरेको छ । नयाँ ड्यट्सन गोमा २८ विभिन्न विशेषता तथा एकसय बढी अपडेटहरु रहेका छन् ।

फस्टइन सेग्मेन्ट

  • एनड्रोइड अटोप्ले र एप्पलकार प्लेको साथ ७ इन्चको टच अडियो
  • १४ इन्चको डाइमन्ड–कट अल्लोइ ह्वील
  • सेफ्टी प्याकेज– डुयल एयर ब्याग, ABS+EBD+BA तथा पार्किङ्ग सेन्सर
  • वेस्ट–इन–क्लास
  • १८० एम.एमको ग्राउन्ड क्लियरेन्स
  • २४५० एम.एमको ह्वील वेस
  • २६५ लिटर लगेज स्पेस
  • ४.६ एम टर्निङ्ग रेडियस

नयाँ ड्याट्सन गोमा Ride Control Advanced Suspension system  तथा 1.2L HR12 DE पेट्रल इञ्जिन रहेको छ, जसले प्रतिलिटर १९.८३ किलोमिटरको माइलेज प्रदान गर्दछ । 

बाहिर हेर्दा स्पोर्र्टि तथा भित्र बस्नका लागि धेरै स्पेस भएको, ड्याट्सन कारले कारधनीलाई अतिरिक्त सुरक्षा, वेस्ट–इन–क्लास स्पेस, तथा गतिशीलता प्रदान गर्ने कम्पनीको दाबी छ । 

पायोनियर मोटो कर्प ड्याट्सन तथा निशान गाडीहरुको नेपालका लागि आधिकारिक बिक्रेता हो । कम्पनीले आफ्नै ४ विभिन्न स्थानमा आफ्नै शोरुम तथा ललितपुरमा रहेको भव्य र आधुनिक सर्भिस सेन्टरहरुबाट सेवा प्रदान गर्दै आएको छ भने भविष्यमा डिलर नेटवर्कको माध्यमबाट थप १२ स्थानहरुबाट आफ्नो सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।