काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल २ वर्षको मात्र हुने भएको छ । 

सोमबार राष्ट्रियसभा सदस्यहरुको कार्यकाल गोलाप्रथामार्फत टुंगो लगाउने क्रममा डा. खतिवडाले २ वर्षको चिठ्ठा तानेका हुन् ।

नयाँ संविधानले संघीय संसदको सदस्य नरहेका व्यक्तिलाई मन्त्री बनाउँदा ६ महिनाभित्र सदस्य बनाइसक्नुपर्ने व्यवस्था गरेको छ ।

यही व्यवस्था अनुसार सदस्यका लागि गोलाप्रथामा सहभागी भएका खतिवडाले २ वर्षे कार्यकालको चिठ्ठा तानेका हुन् । यसको अर्थ अब उनको मन्त्री पद समेत २ वर्षको मात्र हुनेछ । 

सोमबार खतिवडा लगायत राष्ट्रिय सभा सदस्यहरुको कार्यकाल पनि टुङ्गो लागेको छ । 

जसअनुसार गृहमन्त्री रामबहादुर थापा बादलको कार्यकाल ६ बर्षको हुने भएको छ भने राष्ट्रिय सभा अध्यक्ष गणेसप्रसाद तिमिल्सिना र नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य जितेन्द्र देवको कार्यकाल ६  बर्ष हुने भएको छ । 

सरिता प्रसाईँले पनि २ वर्षे कार्यकालको चिठ्ठा तानेकी छिन् भने राष्ट्रिय सभा उपाध्यक्ष शशिकला दाहालको कार्यकाल भने ४ बर्ष हुने भएको छ । 

गोलाप्रथाबाट छानिएका १९ जना राष्ट्रिय सभा सदस्यको कार्यकाल २ बर्षको हुनेछ भने अन्य २० जना सदस्यको कार्यकाल ४ बर्षको र २० जनाको कार्यकाल ६ बर्षको हुनेछ ।