काठमाण्डौ। डिजिटल कारोबारलाई प्रोत्साह नगर्ने सरकारी नीतिअनुसार इसेवाबाट आफ्नो बैंक खातामा रकम पठाउँदा शुल्क नलाग्ने भएको छ। 

इसेवाले हिजो बिहीबार रातिदेखि अप्रिल ३० सम्म लागू हुने गरी बैंकमा रकम ट्रान्सफर  गर्दा शुल्क नलाग्ने जनाएको छ। इसेवामार्फत इसेवा खातामै (पी टु पी ट्रान्सफर) गर्दा यसअघि नै निःशुल्क सेवा रहेकोमा अब बैंक ट्रान्सफर पनि निःशुल्क बनाइएको हो।

इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभाष सापकोटाले भने, ‘अहिलेको अवस्थामा बैंकहरुसँगको सहकार्यमा बैंक ट्रान्सफरलाई निशुल्कबनाएका छौँ। यसले ग्राहकलाई थपसहजहुने र सेवा सर्वसुलभहुने अपेक्षा गरेका छौँ।’ 

इसेवाले ग्राहकका लागि अन्य सहुलियतका कार्यक्रमसमेत ल्याउने जनाएको छ। इसेवा नेपालको पहिलो भुक्तानी सेवाप्रदायक कम्पनी हो। इसेवामार्फत मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल–कलेजको शुल्कलगायतका दुई हजारभन्दा बढी सेवाको शुल्क भुक्तानी गर्न सकिन्छ।

इसेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्य छन्। यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ।