काठमाण्डौ । कोरोना भाइरस महामारीको रुपमा विश्वभर फैलिरहेको र नेपालमा समेत यसको प्रभाव वढ्दै गैरहेकोले उक्त कोरोना भाईरसलाई नियन्त्रण गर्ने प्रयास स्वरुप नेपाल सरकारले देशभर लक डाउन गर्ने निर्णय गरे सँगै यस सांग्रिला डेभलपमेन्ट बैंकले ग्राहकहरुमा दिदै आएको सेवामा पर्न गएको असुविधा प्रति क्षमा याचना गर्दै यस बैंकले प्रदान गरिरहको विद्युतीय बैंकिङ्ग सेवाका विभिन्न प्रोडक्टहरु प्रयोग गरी वैकिङ्ग सेवा लिन अनुुरोध गरेको छ ।
 

वर्तमान अवस्थाले ग्राहक महानुभावरहरुलाई यस डेभलपमेन्ट बैंकबाट प्राप्त हुने सेवामा कठिनाई हुने तर्फ यस डेभलपमेन्ट बैंक सजग रहेको व्यहोरा जानकारी गराउँदै यस विषम परिस्थितिमा यस डेभलपमेन्ट बैंकका ग्राहकहरुमा आधारभुत बैकिङ्ग सेवा सम्वन्धी कुनै कठिनाई भएमा देहाय बमोजिमको सम्पर्क नं. मा सम्पर्क गरी यस डेभलपेन्ट बैंकबाट प्रदान हुने आधारभुत बैंकिङ्ग सम्बन्धी सेवाका बारेमा जानकारी लिन विज्ञप्ती मार्फत अनुरोध गरेको छ ।