काठमाण्डौ । भारतको दोस्रो सबैभन्दा ठूलो कार निर्मार्ता कम्पनी हुन्डाईले आफ्नो पपुलर एसयूबी ‘क्रेटा’ डिजल भेरियन्ट कार सार्वजनिक गरेको छ । यो कम्पनी सस्तो कार हो । यो कार १.६ लिटर इन्जिनको हुनेछ ।

कम्पनीले क्रेटा कार सन् २०१५ मा लन्च गरेको थियो । केही समययता यसको बिक्रीमा गिरवाट आइरहेको थियो । कम्पनीले डिजल भेरियन्टमा यो कार आएपछि बिक्रीमा सुधार आउने आशा लिएको छ ।

यो कार बिक्रीलाई तीव्रता दिन कम्पनीले भारु १ लाख रुपैयाँसम्म डिस्काउन्ट दिइरहेको छ ।

कम्पनीले निकट भविष्यमै हुन्डाई क्रेटा ‘ई प्लस’ र ‘ईएक्स’ डिजल भेरियन्टमा पनि ल्याउने तयारी गरिरहेको छ । हाल यी दुवै मोडलका क्रेटा कार इन्ट्री लेबलको मानिन्छ । अहिले यी कारमा १.४ लिटर पेट्रोल इन्जिनका छन् । तर यी दुवै कारको डिजल भेरियन्ट १.६ लिटर इन्जिनको हुनेछ । –एजेन्सी