काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ९ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ।

प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिको संस्थाले गत वर्षको यही अवधिको तुलनामा १४.८८ प्रतिशतले खुद नाफा बढाउन सफल भएको हो । गत वर्ष यही अवधिमा संस्थाको खुद नाफा ८ करोड ३४ लाख रुपैयाँमा सीमित थियो ।

प्रथम त्रैमासमा संस्थाको सञ्चालन मुनाफा १० करोड ९८ लाख रुपैयाँ रहेको छ। गत वर्ष सञ्चालन मुनाफा १० करोड ९५ लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा संस्थाले खुद ब्याज आम्दानी २३ करोड ९३ लाख रुपैयाँ गर्न सफल भएको छ । गत वर्ष १८ करोड ५० लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा संस्थाले ४ अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरी १२ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिमा संस्थाले २ अर्ब ६३ करोड रुपैयाँ निक्षेप संकलन गरी ८ अर्ब ३० करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

संस्थाले समीक्षा अवधिमा रिजर्भको आकार ३१.४२ प्रतिशतले बढाएको छ । गत वर्ष ७३ करोड १६ लाख रुपैयाँ रहेको रिजर्भमा यो वर्षको पहिलो त्रैमासमा बढेर ९६ करोड १५ लाख रुपैयाँ पुगेको छ ।

संस्थाको चुक्ता पुँजी ७७ करोड ३४ लाख रुपैयाँ रहेको छ । गत वर्ष यही अवधिमा संस्था चुक्ता पुँजी ७० करोड ३१ लाख रुपैयाँ नै थियो ।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी ४९.५९ रुपैयाँ रहेको छ भने पीई रेसिया १४.५८५ प्रतिशत रहेको छ । संस्थाको प्रतिसेयर कुल सम्पत्तिको मूल्य १८३०.५६ रुपैयाँ रहेको छ ।