काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसको असर डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बिजनेसमा देखिएको छ। जसका कारण आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा यो लघुवित्तले अधिकांश सूचकमा खराब प्रदर्शन गरेको छ।

बिहीबार सार्वजनिक संस्थाको चौथो त्रैमास वित्तीय विवरणअनुसार संस्थाको नाफा ३६.०७ प्रतिशतले घटेको छ। संस्थाले समीक्षा अवधिमा २७ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिमा ४३ करोड २ लाख रुपैयाँ रहेको थियो।

यो त्रैमासमा संस्थाको सञ्चालन मुनाफा ७२ करोड १३ लाख रुपैयाँ ऋणात्मक भएको छ। अघिल्लो वर्षको सोही अवधिमा संस्थाको सञ्चालन मुनाफा ५३ करोड ७८ लाख रुपैयाँ रहेको थियो।

संस्थाको खुद ब्याज आम्दानी ९५ करोड ९७ लाख रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्ष ८१ करोड ६१ लाख रुपैयाँ रहेको थियो।

संस्थाले समीक्षा अवधिमा ४ अर्ब ९३ करोड रुपैयाँ निक्षेप संकलन गरी ११ अर्ब ५४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ३ अर्ब ८२ करोड रुपैयाँ निक्षेप संकलन गरी ११ अर्ब ९६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। 

संस्थाले रिजर्भको आकार ६.४२ प्रतिशतले बढाएको छ। अघिल्लो वर्ष ७८ करोड २८ लाख रुपैयाँको रिजर्भको आकार बढेर ८३ करोड ३१ लाख रुपैयाँको बनेको छ। 

संस्थाको चुक्तापुँजी ७७ करोड ३४ लाख रुपैयाँबाट बढेर १ अर्ब ५४ लाख रुपैयाँको उचाइमा पुगेको छ।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) घटेर २७.३५ रुपैयाँ सीमित बनेको छ। अघिल्लो वर्ष ईपीएस ५५.६२ रुपैयाँ रहेको थियो। 

मूल्य आम्दानी अनुपात (पीई रेसियो) ३१.६६ रहेको संस्थाको प्रतिसेयर कुल सम्पत्तिको मूल्य १३७३.५६ रुपैयाँ रहेको छ।