काठमाण्डौ । डिसहोमले आफ्ना ग्राहकलाई अझै बढी सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले ‘डिसहोममा डिलर दाइको डिस्काउन्ट’ नामक अफर सञ्चालन गरिरहेको छ। 

यही अफरलाई डिसहोमले वडा दसैँको उपलक्ष्यमा पनि निरन्तरता दिँदै २४ महिना रिचार्जमा डबल धमाका अफर ल्याएको हो। यो अफरमा डिलर दाइमार्फत फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्दा साप्ताहिक लक्की ड्रमा भाग लिने अवसर प्राप्त हुनेछ भने २ बर्षे रिचार्जमा साप्ताहिक लक्की ड्रमा डबल मौका प्राप्त हुनेछ। हप्तामा २ जना भाग्यशाली ग्राहकले प्रतिव्यक्ति रु. १/१ लाख नगद उपहार यस अफरमार्फत जित्न सक्ने डिसहोमले जनाएको छ। 

साप्ताहिक लक्की ड्रको बिजेताको घोषणा डिजिटल प्रणालीबाट ग्राहकको डिसहोम सेट–टप बक्सको सीएएस आईडीका आधारमा गरिनेछ। हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिसहोमको शोकेस च्यानल नं. १०० र रमाइलो टीभीमा लक्की ड्रको प्रत्यक्ष प्रसारण हुने डिसहोमको भनाइ छ। 

अनलाइनमार्फत ५ हजार वा सोभन्दा माथि रिचार्ज गर्ने ग्राहकलाई पनि यो अफरमा सहभागी गराइनेछ। फन्ड ट्रान्सफरबारे अधिक जानकारीका लागि देशभर रहेको डिसहोम बिक्रेता, नजिकैको डिलर वा डिसहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिने बताइएको छ।