काठमाण्डौ । डिसेम्बर यस्तो महिना हो, जहाँ कार खरीद गर्न चाहनेले राम्रो छुट पाउन सक्छन् । नयाँ वर्षको उमङ्गमा विभिन्न अफरमार्फत कम्पनीहरुले छुटको बहार ल्याउँछन् भने यही बेला पुरानो वर्षको स्टक क्लियरेन्सका लागि समेत उस्तै चटारो हुन्छ । तर, बर्षको अन्तिम महिनामा दिइने छुट लगायतका अफरको फाइदा उठाउनुु ठिक हो कि नयाँ सालको प्रतिक्षा गर्नु चाहि ठीक ? यो प्रश्न किन पनि सान्दर्भिक छ भने कार खरीदकर्ताले कार उत्पादन भएको वर्षको फाइदा लामो समयपछिसम्म पनि प्राप्त गरिरहेका हुन्छन् । अधिकांश कारको रिसेल भ्यालूू कार निर्माण भएको ५ वर्षको अन्तसम्म करिब आधा कम भइसकेको हुन्छ । 

२०१७ सकिनलाई ३ हप्ता ४ दिन मात्र बाँकी छ । यस्तो अवस्थामा तपाईको मनमा द्विविधा भइरहेको होला, कार डिसेम्बरमै किनूँ कि जनवरी(नयाँ वर्षको सुरुवात)मा भनेर । हामी यहाँ सकेसम्म तपाईले चाहेको कारको खरिदारी डिसेम्बरमा नगर्नुहोस्, नयाँ वर्ष लागेपछि मात्र गर्दा तपाईलाई पछिसम्म फाइदा पुुग्छ भन्ने सुुझाव दिन्छौ । क्षणिक अफरमा लोभिनुु भन्दा पछिसम्मको फाइदा हेर्नु नै तपाईको हितमा हुनेछ । 

२०१८ मा कार किन्दा यस्तो फाइदा
सन् २०१७ को अन्त(डिसेम्बर)मा कार खरीद गर्दा खरीदकर्ताले सबैभन्दा ठूलो नोक्सानी कारको उत्पादन वर्षको बिषयमा व्यहोर्नुपर्ने हुन्छ । २०१७ मा खरीद गरिएको कार र २०१८ मा खरीद गरिएको कारको मतलब भनेको एकवर्षको अन्तर हो । यदि २०१७ मा खरीद गरिएको कार केही वर्षपछि बिक्री गर्नुभयो भने त्यसको रिसेल भ्यालूू केही कम हुन्छ, तर २०१८ मा खरीद गरेको कार सोही अवधिमा बिक्री गर्दा रिसेल भ्यालूू केही बढी प्राप्त हुन्छ । किनभने यी दुवै वर्षमा बनेको कारको उत्पादन वर्षमा एकवर्षको अन्तराल हुन्छ । त्यसकारण यदि वर्षको अन्तिम महिना(डिसेम्बर)मा राम्रो डिस्काउण्ट प्राप्त हुन्छ भने पनि भविष्यमा तपाईले यसको रिसेल भ्यालूूमा ठूलै सम्झौता गर्नुपर्ने हुन्छ । 

यसरी बुुझौं
मानौ डिसेम्बरमा तपाईले २० लाखमा एउटा कार खरीद गर्नुुभयो । तपाईले त्यो कारलाई ६ वर्षपछि बिक्री गर्नुभयो भने त्यसबेला तपाईले कारको मूल्य करिब साढे ७ लाख रुपैयाँ कम प्राप्त हुन्छ । यसको अर्थ तपाईको कारको रिसेल भ्यालूू करिब साढे १२ लाख मात्र हुन्छ । तर, यदि तपाई जनवरीसम्म प्रतिक्षा गर्नुहुन्छ र २० लाख रुपैयाँमा कार खरीद गर्नुभयो भने ५ वर्षपछि त्यसको रिसेल भ्यालू १४ लाख भन्दा बढी पाउनुहुुन्छ । यसको अर्थ एकमहिनाको अन्तरालमा कार खरीदको निर्णयमा ध्यान पुर्याउन सकिएन भने तपाईलाई ५ वर्षपछि कार बिक्री गर्दा करिब २ लाख रुपैयाँ घाटा लाग्नसक्छ ।

२०१८ मा पाइन्छ यस्ता फाइदा
सन् २०१७ को अन्तमा कार कम्पनीहरु आफ्ना बचेखुचेका मोडलहरु निकाल्ने र सक्ने कोशिशमा हुन्छन् । यस्तोमा कारको कलर र मोडलको विकल्प कम हुनसक्छ । तर, २०१८ मा तपाईलाई कलर र मोडलमा प्रशस्त विकल्पहरु प्राप्त हुनसक्छन् । यसबाहेक अक्सर नयाँ सालमा कम्पनीको तर्फबाट कारका मोडलहरुमा अपग्रेड गरिएको हुन्छ । अर्थात, यसमा अतिरिक्त सुरक्षा प्रविधि, नयाँ टेक्नोलोजीको स्पेफिकेशन वा माइलेजलाई समेत जोडिन्छ । यदि २०१७ को अन्तमा(डिसेम्बर महिनामै) कार खरीद गर्नुहुन्छ भने तपाईले सन् २०१८ मा प्राप्त हुने विशेषता आफ्नो कारमा नपाउन सक्नुुहुन्छ ।