काठमाण्डौ । विजिनेश गर्नका लागि आफूसँग पर्याप्त रकम नभएर हिचकिचाइरहनुुभएको छ तपाई धन्दा नमान्नुहोस्, तपाईका लागि केही उत्तम विकल्प समेत हामीसँग छन् । निकै कम सुरुवाती लगानीबाट समेत तपाईले यी विजिनेश संचालन गरी मनग्गे आम्दानी गर्न सक्नुुहुन्छ । आज हामी तपाईलाई यस्तै चार विजिनेश आइडियाको बिषयमा बताउन गइरहेका छौ, जसलाई १० लाखसम्मको लागतमा सुरु गर्न सकिन्छ । यी चार विजिनेश यस्ता छन्, जसको राम्रो बजारीकरण गर्न सक्नुुभयो भने यो क्षेत्रकै अग्रणी उद्योगीको रुपमा तपाई स्थापित बन्न सक्नुुहुन्छ ।

डिस्पोजेबल प्लेट मेकिङ


डिस्पोजेबल प्लेट मेकिंगको विजिनेश तपाईले जुनसुकै स्तरबाट सुरु गर्न सक्नुुहुन्छ । यसमा यदि सुुरुवाती लगानीको कुरा गर्ने हो भने यसको मेसिन तथा डाई डेढलाख रुपैयाँसम्म प्राप्त हुन्छ । यसपछि करिब १ लाख ६० हजारदेखि साढे २ लाखसम्ममा कच्चा पदार्थको समेत व्यवस्थापन गरी उत्पादन सुरु गर्न सकिन्छ । सुरुवातमा तपाईले २ मजदूरको समेत व्यवस्था गर्नुपर्ने हुन्छ । अनुुभवीहरुका अनुसार सुरुवातमा सेमी अटोमेटिक मेसिनबाट काम थाल्ने हो भने मासिक कमाई न्यूनतम ४५ हजारदेखि ६० हजार रुपैयाँसम्म हुन्छ । ३ वटा अटोमेटिक मेसिनबाट फूल क्षमतामा काम गर्न सकियो भने मासिक आम्दानी १ लाख ६० हजारदेखि २ लाख ४० हजारसम्म हुन्छ । 

पेपर ब्याग बनाउने विजिनेश


यदि तपाई बढीमा १० लाख रुपैयाँसम्म लगानीमा कुनै विजिनेश गर्न चाहनुुहुन्छ भने पेपर(कागज) ब्याग उत्पादनको विजिनेश तपाईका लागि अर्को विकल्प हुनसक्छ । हिजोआज नेपालका प्राय सबै शहरमा पोलिथिन(प्लाष्टिक)को झोला निषेध भइसकेको छ । यसकारण समेत यो विजिनेशमा निकै ठूलो संभावना छ । एक्सपर्ट मार्केट वेबसाइटका अनुसार यो विजिनेश १० लाख रुपैयाबाटै सुरु गर्न सकिन्छ । यो रकममा बिना प्रिन्टवाला मेसिन र कच्चा पदार्थ आउँछ । यो मेसिनले प्रति मिनेट ६० वटा पेपर ब्याग तयार गर्न सक्छ । पूर्ण क्षमतामा यो मेसिन संचालन हुने हो भने मासिक नाफा १ लाख भन्दा बढी हुन्छ । 

अगरबत्ती मेकिङ विजिनेश


देशको लगभग प्रत्येक घरमा अगरबत्तीको प्रयोग हुन्छ । सानो विजिनेश गर्न चाहनेका लागि यो पनि निकै राम्रो र उत्तम विकल्प हो । कयौं मल्टिनेशन कम्पनीले समेत हिजोआज अगरबत्तीको विजिनेश गर्न थालेका छन् । अगरबत्ती बनाउने मेसिन थोरैमा ८० हजारेदेखि बढीमा ६ लाख रुपैयाँसम्ममा खरीद गर्न पाइन्छ । यदि तपाईले साढे ३ लाख रुपैयाँसम्मको मेसिनबाट उत्पादन सुरु गर्नुभयो भने यो मेसिनले एकदिनमा १ सय किलोग्राम अगरबत्ती उत्पादन गर्न सक्छ । विज्ञहरुका अनुसार यसबाट मासिक न्यूनतम ४० हजार रुपैयाँमाथि चोखो नाफा गर्न सकिन्छ । 

मोवाइल एसेसरिजको विजिनेश


अधिकांश मोवाइल एसेसरिज चीन र भारतबाट नेपाल आयात हुन्छन् । जानकारहरुलाई मान्ने हो भने यो विजिनेशबाट समेत नसोचेको कमाई गर्न सकिन्छ । मोवाइलको विजिनेश भन्दा त्यसको एसेसरिजको विजिनेश अझ राम्रो र बढी फाइदामुलक हुने यो विजिनेश गरिरहेकाहरु बताउँछन् । यो विजिनेश ५ लाख रुपैयाँसम्ममा सुरु गर्न सकिन्छ । नाफा समेत राम्रै हुन्छ । 

एजेन्सीहरुको सहयोगमा