काठमाण्डौ । आधुनिकीकरण र शहरीकरणसँगै नेपालमा समेत पछिल्लो समय डिस्पोजेबल कप, प्लेट, बटुका जस्ता उत्पादनहरुको माग लगातार बढिरहेको छ । यदि तपाई पनि कुनै नयाँ विजिनेश सुरु गर्न चाहनुहुन्छ भने तपाईले डिस्पोजेबल  क्याटरिङ प्रडक्ट बनाउने प्लान्ट लगाउन सक्नुहुन्छ । यो विजिनेश गर्न खर्च समेत खासै बढी हुँदैन । ४ देखि ५ लाखसम्मको सुरुवाती लगानीमा यो विजिनेश थाल्न सकिन्छ । सुरुवातमा तपाईलाई मासिक ८० हजारसम्म नाफा हुन्छ भने केही महिनापछि मासिक एकलाख बढी नाफा कमाउन सकिन्छ । आउनुहोस् यसको युनिट कतिमा सुरु गर्नसकिन्छ र यसलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने बिषयमा छलफल गरौं ।

कसरी कमाउने डेढलाख ?
उत्पादन सुरु गरेपछि तपाईले यसको मार्केटिङ समेत राम्रोसँग गर्नुपर्ने हुन्छ, ताकि हरेक संभावित बजारमा तपाईको प्रडक्टको राम्रो प्रचार प्रसार होस् । थर्मोकलको प्लेटलाई नै यदि एउटा नमूना मान्ने हो भने एककिलोग्राम कच्चा पदार्थबाट यस्ता ३०० प्लेट तयार हुन्छन् । एक किलोग्राम थर्मोकलको कच्चापदार्थ ३०० देखि ४०० रुपैयाँ प्रतिकेजीको हिसाबले खरीद गर्न सकिन्छ । जबकि यस्ता प्लेटको बिक्री ४०० देखि ५०० रुपैयाँ प्रति १०० प्लेटको दरले आरामले हुन्छ । यो हिसाबले कमसेकम तपाईले एक दिनमा यदि एकहजार प्लेट मात्र बनाउनुभयो भने पनि १ लाख देखि डेढलाख रुपैयाँ भन्दा माथिसम्म एकमहिनाको कमाई हुन्छ । यसमा खर्च निकालेर मुनाफा हेर्ने हो भने तपाईले महिनाको १ लाख रुपैयाँसम्म कमाउन सक्नुहुन्छ । माल तयार भएपछि जुन वेस्टेज(फोहोर) बच्छ, त्यसलाई समेत रिसाइक्लिङका लागि ५० प्रतिशत कम मूल्यमा बिक्री हुन्छ । 

यसरी बढाउन सकिन्छ बिजिनेश
थर्मोकलको अलावा पेपर कप वा बटुका बनाउने  मेसिन पनि ५ लाख रुपैयाँसम्म आउँछ । बजारमा कफी वा कोल्ड ड्रिङ्क्सका लागि यस्ता कप वा गिलासको प्रयोग गर्ने गरिन्छ । यस्तोमा यदि तपाईले रेष्टुरेन्ट होटल तथा कम्पनीहरुसँग सम्झौता गर्न सक्नुभयो भने तपाईले अझ बढी माल तयार गरेर सप्लाई गर्न सक्नुहुन्छ । यसरी तपाईले लामो समयसम्म र निश्चित कमाईको स्रोत समेत तयार गर्न सक्नुहुन्छ । 

सरकारबाट समेत सहयोग लिन सकिने
सरकारको युवा स्वरोजगारकोषले समेत यस्ता व्यवसाय संचालनका लागि सहयोग गर्न सक्छ । त्यसका लागि राम्रो प्रोजेक्ट पेपर बनाएर संभावित ठाउँहरुमा आवेदन दिन सकिन्छ । यस्तो अवस्थामा तपाईको लागतको ७० प्रतिशतसम्म सरकारले ऋणको रुपमा सहयोग समेत गरिदिनसक्छ । व्यवसाय राम्रो हुँदै गएको खण्डमा सरकारका विभिन्न स्किम मार्फत यस्ता प्लान्टहरुलाई अनुदान समेत पाउन सकिन्छ ।