काठमाण्डौ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले साउनयता डीपी सेवा वेब बेसमा लगेको छ ।

साउनयता करिब २० वटा डीपीहरुले सिडिएससीको डीपी सेवा वेबमा आधारित भएर सञ्चालन गरिरहेका सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन् ।

ब्रोकर कम्पनीका डीपीहरु क्रमशः स्टक ब्रोकर नम्बर १६, ३३, ३४, १४, ३६ र मर्चेण्ट बैंकतर्फ सानिमा क्यापिटल, आरबीबी मर्चेण्ट, एनएमबी क्यापिटल लगायत २० वटा हाराहारी डीपी सेवा डेस्कटप बेसबाट वेब बेसमा लगिसकेको उनको दाबी छ । 

'अन्य बाँकी डीपीहरुको हकमा भने ती डीपीहरुले पूर्वाधार तयार गरेपछि फेजवाइज वेबबेसमा लैजाने तयारी छ',प्रवक्ता न्यौपानेले बिजशालासँग भने ।

सिडिएससीले कोर एप्लिकेसनलाई माइग्रेट गरी वेब बेसमा लगी प्रविधिमैत्री बनाउन लागेको जनाएको छ । बंगलादेशमा विगत २ वर्षदेखि र भारतमा ४ वर्षदेखि वेबमा आधारित डीपी सेवा छ ।

सिडिएससीको तथ्याङ्कअनुसार स्टक ब्रोकर, मर्चेन्ट बैंक गरी कुल ७६ डीपी अस्तित्वमा छन् । वेब बेसमा डीपी सेवा भएको खण्डमा कार्यभार कम हुने र प्रविधिमैत्री हुनेछ । 

डाटाहरु पनि केन्द्रीकृत हुँदा डीपीका सेवा प्रवाहमा समस्या नहुने सिडिएससीको तर्क छ ।