काठमाण्डौ । डुकाटी स्कल्म्बर आइकन बाइकलाई सन् २०२० मा नयाँ अवतारमा उतारिने भएको छ ।

नयाँ अवतारमा यो बाइकलाई डार्क ट्रिटमेन्ट दिइने भएको छ । यसका साथै यो मोडलको बाइक सबैभन्दा किफायती मानिएको छ ।

यो बाइकलाई इटालीको रिम्नीमा वल्र्ड डुकाटी प्रिमियरमा पेस गरिनेछ। आइकन डार्क र स्कल्मबर आइकन बाइकबीच  त्यस्तो खासै भिन्नता नभए पनि कम्पनीले आइकन डार्कलाई नयाँ भेरिएन्ट र अन्य कस्मेटिक अपडेटका साथ प्रस्तुत गर्नेछ ।

कम्पनीले आइकन डार्क डुकाटी स्कल्मबर परिवारकै सबैभन्दा किफायती हुने दाबी पनि गर्दै आइरहेको छ । आइकन डार्क कलरमा समान स्कल्मबर फुल थ्राटल, केफे रेसर तथा डेसर्ट स्लेड दिइनेछ ।

आइकन डार्कमा रियर भ्यु मिरर र एलइडी टर्न इन्डिकेटरलाई स्ट्यान्डर्ड आइकन मोडलले रिप्लेस गरिएको छ । यसमा कम्पनीले पारम्परिक राउन्ड मिरर बल्ब इन्डिकेटर्स सामेल गरेको छ ।

कम्पनीले यो बाइकमा ब्ल्याक आउट मेक्यानिकल्स, कन्ट्रास्टिङ ब्रस मेटल, फिनिस्ड एल्मुनियम ट्यांक पेनल र एउटा स्टबी एडजस्ट उपलब्ध गराउनेछ । यी सबैले बाइकलाई नयाँ अवतारमा उतार्न सहयोग पुर्याउनेछ ।

मेकानिकल रुपमा भने यो बाइकमा कुनै परिवर्तन गरिएको छैन । यसमा सबै कुरा ब्ल्याक रङले फिनिसिङ दिइएको छ । – एजेन्सी