काठमाण्डौ । मानिस अर्काकोमा जागिर खानुभन्दा आफैं केही गर्दा रमाउँछ । नेपालमा पछिल्लो समय विदेश जानुु वा अर्काकोमा जागिर खानुुभन्दा आफैं केही गर्ने क्रम बढेर गएको छ । यदि तपाईं पनि आफैं केही गर्न खोजिरहनुुभएको छ भने कम लगानीमा राम्रो कमाई हुने कयौं विजिनेशहरु छन्, यिनैमध्येको कुनै एक रोज्दा उचित हुनेछ । हामी आज तपाईंलाई यस्तै ५ विजिनेशको बिषयमा बताउन गइरहेका छौ, जसमा तपाईंले १ लाखदेखि डेढलाख रुपैयाँसम्म लगानी गरे पुुग्छ । यो सानो लगानीबाट समेत तपाईंले यी ५ व्यवसायमा मासिक ५० हजारसम्म कमाउन सक्नुहुुन्छ । 

१. इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक पसल
लगानी : १ लाख २० हजारदेखि १ लाख ५५ हजारसम्म
इलेक्ट्रोनिक सामानको पसल तपाईंले १ लाख ५५ हजारको लगानीबाटै सुरु गर्न सक्नुुहुन्छ । यदि तपाईको घर मेनरोड एरियामा छ भने घरैबाट समेत यो विजिनेश सुरु गर्न सकिन्छ । यदि छैन भने पनि महिनाको ७ देखि १० हजार रुपैयासम्म भाडा पर्ने सटरबाटै पनि यो विजिनेश सुरु गर्न सकिन्छ । यसमा फेन, कुलर, वाटर हिटर, रुम हिटर बोर्ड, प्लग, स्वीच, बल्ब, सिएफएल तथा इलेक्टिक वायर जस्ता सामानको हरदम माग भइरहन्छ । खासगरी मौसमको हिसाबले समेत यीमध्ये केही सामानको माग भइरहेको हुन्छ । 

२.बाल उद्यान
लगानी : १ लाखदेखि १ लाख ५० हजारसम्म
यदि तपाईंसँग प्रशस्त जग्गा छ भने घरैबाट समेत बाल उद्यानको व्यवसाय सुरु गर्न सक्नुहुन्छ । हिजोआज सहरी क्षेत्रमा व्यवस्थित बालउद्यानमा गएर आफ्ना बालबच्चालाई खेलाउने चलन निकै बढी छ । बाल उद्यानमा बच्चाहरु रमाउने र खेल्ने सामानहरु राख्नुुपर्ने हुन्छ । बाल उद्यानमा बालबालिका खेलेको दैनिक वा मासिक शुुल्क लिएर कुस्त कमाउन सकिन्छ । 

३.साइबर क्याफे
लगानी : १ लाख २० हजारदेखि १ लाख ६० हजारसम्म
इन्टरनेट साइबर क्याफे तथा डेक्सटप पब्लिसिङको विजिनेश पनि कम लगानीमा थाल्न सकिने एक राम्रो व्यवसाय हो । यस्ता सेन्टरको डिमाण्ड हिजोआज सानोदेखि ठूलो शहरसम्म व्याप्त छ । यस्ता सेन्टरहरुबाट अनलाइन जागिरको फर्म भर्नेदेखि लिएर बिजुली, पानी, टेलिफोनको बिल तिर्नेसम्मको कामहरु हुने गर्छन । प्रिन्टिङ, फोटोकपीको काम समेत यस्ता सेन्टरहरुबाट हुने गर्छ । 

४.अटो रिपेयर सेन्टर(ग्यारेज)
लगानी : १ लाख २० हजारदेखि १ लाख ६० हजारसम्म
अटो रिपेयर सेन्टर अथवा ग्यारेज पनि कम लगानीमा राम्रो कमाई हुुने व्यवसाय हो । यो व्यवसायलाई २–३ जना मानिसलाई साथमा लिएर सुरु गर्न सकिन्छ । खासगरी ठूला र साना शहरमा यस्ता सेन्टरहरुको निकै ठूलो माग छ । अहिले नेपालका प्राय हरेक घरमा मोटरसाइकल रहने गरेको छ । शहरी क्षेत्रमा कार समेत अनिवार्य जस्तै भइसकेको छ । त्यसकारण मानिसहरु सहज र घरपायक क्षेत्रमा मोटरसाइकल तथा कारको मर्मत गराउन चाहन्छन्, यसकारण समेत यो विजिनेश अझ बढी फस्टाउने प्रवल संभावना छ । 

५. मेडिकल स्टोर
लगानी : १ लाख २० हजारदेखि १ लाख ६० हजारसम्म
नेपालमा मेडिकल सेन्टर हरेक मौसममा चल्ने एक सफल र लोभलाग्दो व्यवसाय बनिरहेको छ । कारण, यो विजिनेश मानिसको स्वास्थ्यसँग सोझै जोडिएको हुन्छ । मानिसहरु अरु काम भन्दा पहिला आफ्नो स्वास्थ्यको बिषयमा बढी ध्यान दिने गर्छन । यो विजिनेशमा औषधि बिक्री गर्ने कम्पनीले तपाईलाई निकै राम्रो कमिसन दिन्छ । यहीकारण समेत सानोदेखि ठूलो शहरसम्ममा पनि यो कारोबारले तपाईंलाई राम्रो रिटर्न दिनेछ ।