काठमाण्डौ । नेपालमा ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रा.लि.ले नयाँ वर्षको उपलक्ष्यमा “नयाँ वर्षको मेगा अफर” योजना प्रस्तुत गरेको छ ।  यो योजना चैत १९ गतेदेखि जेठ १८ गतेसम्म ड्याट्सन गाडीको खरिदमा लागू हुनेछ । 

यस योजनाअन्तर्गत ग्राहकले ड्याट्सन गाडीको खरिदमा निश्चित उपहार स्वरुप हरेक एक जोडीले मलेसियाको भ्रमण गर्न पाउनेछन् र लायल्टी बोनस, निःशुल्क गाडीका एक्सेसरिजहरु समेत पाउनेछन् । 

साथै, १ वर्षको निःशुल्क इन्स्योरेन्स, ३ वर्षसम्मको वारेन्टी, ३ वर्षसम्म निःशुल्क सर्भिसिङ्ग र सडक करको सुबिधा प्राप्त गर्ने कम्पनीले जनाएको छ । यस्तै,  एक्सचेञ्ज अफरमा ग्राहकले आफ्नो पुरानो गाडीलाई नयाँ ड्याट्सनसँग साट्न पाउने सुविधा समेत उपलब्ध छ । कम्पनीले हरेक गाडीमा सहज फाइनासको सुबिधा समेत दिनेछ ।

यसरी यस योजनाअन्तर्गत ड्याट्सन गाडी खरिद गर्ने ग्राहकले ड्याट्सन रेडी गोमा अधिकतम रु ३०७,०००, ड्याट्सन गोमा अधिकतम रु ४०५,००० र ड्याट्सन गो प्लसमा अधिकतम रु ४५७,००० सम्मको फाइदा प्राप्त गर्नसक्ने बताइएको छ । 

आकर्षक भित्री डिजाइन, उत्कृष्ट लुक्स, नयाँप्रविधि, तथा कम मूल्य आदि यसका विशेषताहरु रहेका छन् ।