काठमाण्डौ। सरकार पक्षले माग संबोधन गर्ने आश्वासन दिएपछि ढुवानी व्यवसायीले एक सातादेखि जारी आन्दोलनका कार्यक्रम फिर्ता भएको छ । आन्दोलन फिर्तासँगे मंगलबारदेखि ढुवानीका सवारी साधन संचालनमा आएका छन्।

सरकारले साउनदेखि कार्यान्वयनमा ल्याएको
ढुवानीमा भ्याट र माल वस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भेहिकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ प्रणाली-भिसिटीएस) को विरोधमा ढुवानी व्यवसायी ढुवानी सवारीसािधन ठप्प पार्दै आन्दोलनमा उत्रिएका थिए । 

भौतिक,पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादबको संयोजकत्वमा व्यवसायीसहितको सोमबारको बैठकमा सहमति जुटेपछि आन्दोलन फिर्ता गरी ढुवानी व्यवसायीहरु काममा फर्किएका हुन् । 

बैठकले ढुवानी व्यवसायका क्षेत्रमा देखिएको समस्या समाधानका लागि अध्ययन गर्न भौतिक मन्त्रालयका सहसचिव राजेश्वर ज्ञवालीको संयोजकत्वमा कार्यदल बनाउने निर्णय गरेको छ।

अर्थ,गृह,उद्योग,कानुन मन्त्रालयका प्रतिनिधीसहित व्यवसायीको सहभागिता रहेको यो कार्यदलले एक महिनाभित्र प्रतिवेदन दिनेछ।
बैठकले राष्ट्रिय रुट परमिट दिने व्यवस्था तत्काल मिलाउने सहमति समेत भएको छ।