काठमाण्डौ । कुनै समय मोबाइल बजारमा एकछत्र राज गरेको मोबाइल निर्माता कम्पनी नोकिया फेरी एकपटक तंग्रीन थालेको छ । 

यो वर्षको दोस्रो त्रैमासमा कम्पनीले २२ प्रतिशत अर्थात ३७६ मिलियन डलर नाफा आर्जन गरेको छ । यद्यपि कम्पनीको त्रैमासिक आम्दानी ११ प्रतिशत अर्थात ५ बिलियन युरोले घटेको छ । 

शुक्रबार कम्पनीले आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै बितेको ६ महिनामा कम्पनीको कुल बिक्री ५०० मिलियन युरोले घटेको जनाइएको छ । तथापि कम्पनीले दास्रो त्रैमासमा पुनरागमन गर्दै नाफा आर्जन गर्न सफल भएको र यो वर्षको समग्र आम्दानी वृद्धि हुने अपेक्षा लिएको जनाइएको छ । 

नोकियाका अध्यक्ष तथा प्रमुख कार्यकारी राजिव सुरीले कम्पनीले धेरैजसो आम्दानी कोरोनाका कारण गुमाएको बताएका छन् ।