काठमाण्डौ । लुम्बिनी बिकास बैंक लिमिटेडले “ग्रामीण क्षेत्र बैंकिङ्ग अबको प्राथमिकता” अन्तर्गत बहुसंख्यक जनता(ग्राहक)लाई बैंकिङ्ग सेवा पुर्याउने घोषित नीति अनुरुप बुधबार तनहुँ जिल्लाको भानु नगरपालिका, वडा नं. १३ चन्द्रावतीमा आफ्नो ५० औं शाखा कार्यालय स्थापना गरेको छ । 
 
सो शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका निर्देशक राजेन्द्र पण्डितले एक समारोहका बीच गरे । सो समारोहमा बैक संचालक समितिका अध्यक्ष सुुशील पराजुली, प्रमुख कार्यकारी अधिकृत झलकप्रसाद खनाल लगायतको सहभागिता थियो । 
 
स–साना निक्षेप परिचालन तथा कृषि एवम् साना ब्यवसायमा कर्जा लगानी गरी त्यस भेगका बासिन्दाहरुमा बैंकिङ्ग सेवाको पहुँच अभिबृद्धि गर्ने उद्धेश्यका साथ उक्त शाखालाई सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । 
 
सो शाखा कार्यालयबाट विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै एबिबिएस, मोवाइल बैकिङ  लगायतका सेवाहरु उपलब्ध गराउने नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले जानकारी दिए । उनका अनुसार बैंकल देशका विभिन्न भागमा रहेका यस शाखा सहित कुल ५० वटा शाखा सञ्जाल र १२ वटा एटीउमबाट आफ्नो बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।