काठमाण्डौ । ज्योति विकास बैंक लिमीटेडले बुधबारदेखि तनहुँको म्याग्दे गाउँपालिका वडानम्बर ४, थर्पू बजारमा नयाँ शाखा कार्यालय स्थापना गरी त्यसको विधिवत उद्घाटन गरेको छ।

एक विशेष समारोहका बीच म्याग्दे गाउँपालिका प्रमुख मायादेवी राना आले र ज्योति विकास बैंकका संचालक समितिका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपमा सो शाखाको उद्घाटन गरे ।

म्याग्दे गाँउपालिकाभित्र पहिलो बैंकको रुपमा ज्योति विकास बैंकको यो थर्पू शाखाले आफ्नो कारोवार संचालनमा बैंकले प्रष्ट्याएको छ । 

हिन्दूहरुको पवित्रस्थल देवघाटमा देवघाट शाखा र यस थर्पू शाखा गरी बैंकको तनहूँ जिल्लामा मात्रै २ वटा शाखा कार्यालय भएका छन् ।

गत २ हप्ताभित्र मात्रै ज्योति विकास बैंकले मकवानपुर जिल्लाको ग्रामीणभेग बाग्मती गाउँपालिकाको फापरबारी, मकवानपुर जिल्लाकै हेटौंडा बजार, महोत्तरी जिल्लाको रामगोपालपुर, काठमाडौंको नेपालटारमा र कैलालीको धनगढीमा नयाँ शाखा संचालनमा ल्याएको थियो । 

२०६५ सालश्रावण ९ गतेबाट राष्ट्रियस्तरको विकास बैंकको रुपमा संचालनमाआएको यस बैंकको ४६ वटा शाखाकार्यालय र १४ वटा एटिएम मार्फत विभिन्ननिक्षेप योजनातथाकर्जा सुविधा सहितएविविएस, आश्वालगायतका सम्पूर्ण आधुनिक बैकिंङ्ग सेवाहरु ग्राहकहरुलाई उपलव्धगर्नुका साथै स्थानीय स्तरमाकृषिउत्पादन, पशुपालन, फलफूल खेती, उद्योग, व्यापार व्यवसाय समेतमा केन्द्रित गरी लघुवित्त कार्यक्रम समेत संचालन गरी बैंकिङ्ग सुविधाउपलव्ध गराउने छ ।