काठमाण्डौ । एनआइसी एशिया बैंले तनहुँको बन्दीपुर गाउँपालिका वडानम्बर १ मा शाखा संचालनमा ल्याएको छ । 

बैंकले एक समारोहका बीच बन्दीपुर १ को डुम्रेमा नयाँ शाखा संचालनमा ल्याएको हो । शाखाको बैंकका संचालक राजेन्द्र अर्यालले बिहीबार उद्घाटन गरे । 

हाल यो बैंकको देशभर २४१ शाखा कार्यालय, २३८ एटीएम,१४ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई रहेका छन् । यो बैंक देशकै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक समेत हो । 

बैंकको वासलातको आकार रू. १८३ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १५५ अर्ब तथा कर्जा रू. १२७ अर्ब पुगी निजी क्षेत्रबाट स्थापित बैंकहरुमध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । 

हालसम्म यस बैंकमाग्राहकको संख्याकरिब १२ लाख १९ हजार रहेको छ ।