काठमाण्डौ । भिबोर सोसाइटी डेभलपमेन्ट बैंकले तनहुँ जिल्लास्थित भानु नगरपालिकाको चन्द्रावती सतिस्वाँरा वडा नं २ मा शाखा कार्यालय खोली आफ्नो सेवा विस्तारको तयारी गरेको छ।

यही क्रममा बैंकले उक्त भेगका चन्द्रावती उच्च माध्यमिक विद्यालय र अरनिको उच्च माध्यमिक विद्यालयमा बैकिंङ्ग साक्षरता कार्यक्रम संचालन गरेको छ । 

कार्यक्रममा माध्यमिक, उच्च माध्यमिक तथा स्नातक तहका विद्यार्थीहरुलाई बैकिंङ्ग साक्षरता सम्बन्धी समसामायिक ज्ञान दिइएको छ । 

सो क्रममा सेवाग्राहीहरुलाई बैकिङ्ग तथा वित्तीय संस्थाका प्रकार, बचत गर्ने बानी र बचत गर्दाको लाभ, आर्थिक कारोबार, एटिएम कार्डको सदुपयोग, रेमिट्यान्स, आदिका बारेमा जानकारी दिइएको बैंकले जनाएको छ ।