काठमाण्डौ । जब कमाइ खर्चभन्दा बढी हुन थाल्छ तब तपाइँ बचेको पैसा लगानी गर्ने क्षेत्र खोज्न थाल्नुहुन्छ। वित्तीय योजना निकै महत्वपूर्ण हुन्छ किनकि तपाइँ आफ्नो वर्तमानका साथसाथ भविष्य पनि सुरक्षित गर्न चाहनुहुन्छ। त्यसैले यो कुरा महत्वपूर्ण हुन्छ कि यदि तपाइँलाई केही भइहाले भविष्यमा तपाइँको परिवारले आर्थिक संकटको सामना गर्न नपरोस्। यही कारण तपाइँको इन्स्योरेन्स कभरको साइज सही हुन आवश्यक छ। तपाइँको इन्स्योरेन्स कभरको साइज सही छ वा छैन यी ६ कुराबाट जाँच्नुहोस्। 

यतिबेला तपाइँको आम्दानी कति छ ?

इन्स्योरेन्स कभर डिजाइन गर्दा यो कुरामा अवश्य ध्यान दिनुहोस् कि तपाइँको आम्दानी कति छ ? यदि तपाइँलाई केही भइहाले तपाइँको परिवारलाई कति पैसा आवश्यक पर्छ ता कि उनीहरुलाई भविष्यमा कुनै आर्थिक संकट नहोस्। 

कति ठूलो छ वित्तीय जिम्मेवारी

हरेक व्यक्तिको वित्तीय जिम्मेवारी फरकफरक हुन्छ। कसैले गाउँघरमा बसेका आफ्ना वृद्ध आमाबुवाका लागि पैसा पठाउनुपर्ने हुन्छ। कसैलाई मासिक रुपमा होम लोन वा अटो (भेइकल) लोन बुझाउनुपर्ने हुन्छ। अनि कसैलाई आफ्ना छोराछोरीको शिक्षादीक्षामा खर्च गर्नुपर्ने हुन्छ। यदि तपाइँले कुनै लोनको भर्पाइ गरिररहनुभएको छ वा अन्य कुनै वित्तीय जिम्मेवारी छ भने त्यसको हिसाबकिताब गर्नुस् र त्यहीअनुसार रिस्क कभरेज लिनुहोस्। 

वित्तीय लक्ष्य

तपाइँले भविष्यबारे सोचेर वित्तीय लक्ष्य बनाउनुपर्छ। यदि तपाइँका छोराछोरी पढ्दैछन् र फेरि उनीहरुको विवाह पनि गर्नुपर्ने हुन्छ भने यी सबै जिम्मेवारीका खर्चलाई इन्स्योरेन्स कभरमा समावेश गर्न आवश्यक छ। 

कुन उमेरमा गर्दै हुनुहुन्छ इन्स्योरेन्सको प्लानिङ?

यदि तपाइँको उमर कम छ भने जिम्मेवारी धेरै हुन्छ। त्यसैले यो उमेरमा इन्स्योरेन्स कभर साइज ठूलो हुन आवश्यकता पर्छ। यदि बालबच्चाको पढाइ, घर, बिहेजस्ता जिम्मेवारी छैनन् भने इन्स्योरेन्स कभरको साइज सानो भए पनि चल्छ। तर यो कुरा नबिसर्नुस् कि वृद्धावस्थामा कमाइ हुँदैन तर खर्च भने हुन्छ। त्यसैले वृद्धावस्थाका लागि पनि अहिलेदेखि नै आर्थिक व्यवस्थापन गर्दै जानुपर्छ। 

फरक–फरक जिम्मेवारीका लागि योजना बनाउनुस्

फरक–फरक जिम्मेवारीलाई ध्यानमा राख्दै म्युचुअल फन्ड, फिक्स्ड डिपोजिट र इन्स्योरेन्स कभरका लागि राम्रो प्लानिङ गर्नुहोस्। बेग्लाबेग्लै लगानीका फरक–फरक जिम्मेवारीका हिसाबले योजना तय गर्नुहोस्। यसो गर्नाले वित्तीय संकटबाट सजिलै बच्न सकिन्छ। 

के हो थम्बल रुल ?
विकसित देशहरुमा थम्बल रुलअनुसार इन्स्योरेन्स कभर रोजिन्छ। यो रुलअनुसार इन्स्योरेन्स कभर कमाइको कम से कम ७–१० गुना हुनुपर्छ। मतलब यदि तपाइँको वार्षिक आम्दानी १० लाख रुपैयाँ छ भने इन्स्योरेन्स कभर ७० देखि १ करोड रुपैयाँबीच हुनुपर्छ। 

नेपाल विकासोन्मुख देशमा पर्छ। यहाँ बर्सेनि महँगी दर बढ्दै जान्छ। त्यसैले इन्स्योरेन्स कभरको साइज पनि आम्दानीभन्दा १०–१५ गुना हुन आवश्यक छ। मतलब यदि तपाइँ वार्षिक १० लाख रुपैयाँ कमाउनुहुन्छ भने तपाइँको इन्स्योरेन्स कभरको साइज १ करोड देखि १.५ करोड रुपैयाँसम्मको हुनैपर्छ। – एजेन्सी