काठमाण्डौ । फेसबुकले यस्तो प्रविधिमा काम गरिरहेको छ, जसबाट तपाईले तपाईको कम्प्युटरलाई आफ्नो दिमागले कन्ट्रोल गर्न सक्नुहुन्छ । त्यति मात्र होइन, दिमागले नै टाइप समेत गर्न सक्नेछ । 

यो सफ्टवेयरलाई ‘साइलेन्ट स्पीच’ भनिएको छ र यसको सहायताले मानिसले १ सय शब्द प्रति मिनेटको स्पीडमा टाइप गर्न सक्नेछन् । 

यो परियोजनाको सुरुवातमा यस्तो टेक्निकको जरुरत हुन्छ, जसको माध्यमबाट बिना सर्जरी दिमागको तरंगलाई पक्रन सकियोस् । 

फेसबुकका रेगिना डगनले भनेकी छिन्–‘हामी तपाईको विचारलाई डिकोड गर्ने कुरा गरिरहेका छैनौ । तपाईसँग धेरैवटा विचार हुनसक्छन् । तपाईले ती विचारमध्ये कुनै एकलाई साझा गर्नका लागि छनौट गर्न सक्नुहुनेछ ।’ उनले भनेकी छिन्–‘हामी ती शब्दको अर्थलाई सामुन्ने ल्याउने कुरा गरिरहेका छौ । साइलेन्ट स्पीचको इन्टरफेसमा हर रफ्तार तथा उतारचढावको आवाजलाई बुुझ्ने क्षमता हुनेछ ।’ 

रेगिना डगन फेसबुकको विशेष टिम ‘बिल्डिङ ८’ को नेतृत्व गरिरहेकी छिन् । यो टिमले फेसबुकका लागि हार्डवेयर तथा सफ्टवेयरको क्षेत्रमा रिसर्च गर्छ । यो सोशल मिडिया कम्पनीले यो टिममा ६० वैज्ञानिक तथा विशेषज्ञहरुलाई सामेल गराएको छ ।

 

बीबीसीका अनुसार फेसबुकका संस्थापक मार्क जुकरबर्गले आफ्नो पेजमा लेखेका छन्–‘हाम्रो दिमाग हरेक सेकेण्ड यति धेरै डाटा प्रोसेस गर्छ, जति चार एचडी फिल्ममा हुन्छ । विश्वमा कुनै सूचना वा जानकारी बाहिर निकाल्ने सबैभन्दा सजिलो तरिका कुराकानी हो । तर, समस्या यो छ कि दिमागबाट केबल त्यति डाटा मात्र पठाउन सकिन्छ, जति १९८० को मोडेमबाट पठाइन्थ्यो ।’ 
जुकरबर्गले अगाडि लेखेका छन्–‘हामी यस्तो प्रविधि निर्माणमा जुटेका छौ, जसको सहयोगबाट तपाईले आफ्नो दिमागबाटै टाइप गर्न सक्नुहुन्छ । यसबाट तपाईले आफ्नो मोवाइल फोनमा टाइप गर्ने गतिभन्दा करिब पाँच गुणा बढी तीव्र गतिमा टाइप गर्न सक्नुहुन्छ ।’ 

फेसबुकले यो प्रविधिलाई बियरेबल टेक्नोलोजीको रुपमा विकसित गर्न खोजिरहेको र यसको ठूलो स्तरमा निर्माण हुन सकोस् भन्ने आफूहरुको चाहना रहेको जुकरबर्गले बताएका छन् । 

उनका अनुसार दिमागबाट प्राप्त भएको सामान्य कमाण्ड जस्तै, हुन्छ या हुँदैनले समेत आगमेन्टेडेट रियालिटी(असली दुनियाको जानकारी कम्प्युटरबाट बनाइएको तस्विरसँगै देखिने प्रविधि) जस्ता चिजहरुलाई धेरै प्राकृतिक बनाइदिन्छ । 

यो ब्रेल लिपि जस्तै हुने र यसमा सूचना पठाउनका लागि छालाको प्रेसर प्वाइन्टको प्रयोग हुनेछ । 

भविष्यको प्रविधि
डगनले भनेकी छिन्–‘त्यो दिन अब धेरै टाढा छैन, जुन दिन मेरा लागि यो संभव हुनेछ कि जब म कुनै कुरा अंग्रेजीमा सोच्छु भने तपाईले त्यो कुरा स्पेनिसमा बुुझ्न गाह्रो पर्नेछैन । यी सबै घोषणाको साथ फेसबुकले भविष्यका अन्य टेक्निकको बिषयमा समेत सोचिरहेको छ, जुन यी सबै चिजभन्दा पनि अझ अगाडि जान सकोस्, जसको विकास धेरै संभव छ ।’ 

फेसबुकको तर्फबाट जारी एक विज्ञप्तिमा भनिएको छ–‘हामीलाई केही यस्तो नयाँ सेन्सरको जरुरत हुन्छ, जसले दिमागको हरेक गतिविधिहरुलाई हरेक सेकेण्डमा सयौं बार आँकलन गर्न सकोस् ।’ 

तर, दिमागमा नियन्त्रणका लागि बाह्य टेक्निक भने यसअघि पनि बनिसकेको छ । इलेक्ट्रोइनसिफैलोग्रा अर्थात इइजी यस्तै एक प्रविधि हो । यसबाट दिमागको इलेक्ट्रिक तरङ्गलाई हेर्न सकिन्छ ।