►आदिल सेठ्ठी
काठमाण्डौ । जब तपाईलाई आफ्नो मासिक आय कति हुन्छ भन्ने थाहा हुन्छ, त्यसबेला तपाईले राम्रो ढंगले फाइनान्सियल योजना बनाउन सहज हुन्छ । यस्तो बेलामा तपाईले सहज ढंगले बजेट तय गर्न सक्नुुहुन्छ भने खर्च हुने रकम समेत पत्ता लाग्छ र आफ्नो कुल आयबाट गर्नसक्ने बचतको बिषयमा समेत थाहा हुन्छ । तर, यदि तपाईको आय निश्चित छैन भने पहिलादेखि नै बचत र खर्चको व्यवस्थापन गर्नु थोरै मुश्किल हुन्छ । 

निश्चित तलब खाने मानिसलाई यो बिषयमा एउटा फाइदा प्राप्त हुन्छ, त्यो हो उनीहरु अगाडिदेखि नै भविष्यको आर्थिक योजना बनाउन सक्छन् । दोश्रोतर्फ, स्वरोजगार तथा फ्रिलान्स व्यवसाय गर्नेहरुलाई अनियमित आयको परिस्थितिको सामना गर्नुपर्ने हुन्छ र यस्ता व्यक्तिका लागि अगाडिबाट नै फाइनान्सियल म्यानेज गर्नु थोरै मुश्किल हुन्छ । तर, केही सहज र स्मार्ट तरिका प्रयोग गरी तपाईले पनि एक नियमित आम्दानी जस्तै आफ्नो अस्थिर आयलाई व्यवस्थापन गर्न सक्नुुहुन्छ । 

खर्चमा नियमित ध्यान दिनूू
कतिपय मानिसमा आफूसँग जति पैसा हुन्छ, त्यो भन्दा बढी रकम खर्च गर्ने बानी हुन्छ । यसकारण आफ्नो खर्च गर्ने बानीमा विशेष ध्यान दिनुुहोस् र आम्दानी भन्दा बढी खर्च गर्ने बानी त्याग्नुुहोस् । यो नै कम खर्च गर्ने राम्रो तरिका हो । तपाईले विभिन्न किसिमका मोवाइल एप्लिकेसनको मद्धतबाट समेत आफ्नो खर्चमा भइरहेको अनिश्चिततामाथि नजर राख्न सक्नुुहुन्छ । 

प्रत्यासित आवश्यक मासिक खर्च पत्ता लगाउन तपाईले आफ्नो गत १२ महिनाको खर्चलाई नोट गरी त्यसबाट औसत निकाल्न सक्नुुहुन्छ । यसबाट तपाईको भावी खर्चको राम्रो ढंगले योजना बनाउन र धेरै अगाडिदेखि आफ्नो आर्थिक व्यवस्थापन सही ढंगले गर्न सहज हुन्छ । 

पर्याप्त नगद रिजर्ब बनाएर राख्नू
तपाईको विगतमा खर्च गर्ने बानीको आधारमा आफ्नै सबै खर्च पूरा गर्न पर्याप्त नगदको रिजर्ब वा धनभण्डारण बनाइराख्नुुपर्छ । पर्याप्त धनको अभावमा तपाई कर्जाको जालमा फस्न सक्नुुहुन्छ । यदि पैसा प्राप्त गर्न १५ देखि ३० दिनसम्मको समय लाग्छ भने तपाईले पैसा प्राप्त हुने ढिलाईबाट उत्पन्न हुने समस्याको समाधानका लागि अलग–अलग बिलिङ तारिखको केही क्रेडिट कार्डहरुको प्रयोग गर्न सकिन्छ । क्रेडिट कार्डको प्रयोगले तपाईलाई पैसाको व्यवस्थापन गर्न सहज हुनसक्छ, किनभने तपाईलाई त्यसबेला थाहा हुन्छ कि निश्चित अवधिभित्र तपाईको पैसा आउनेवाला छ ।
नगद रिजर्बलाई आफ्नो आपतकालीन कोषमा अलग्गै राख्नुपर्ने हुन्छ । नगद रिजर्बको अर्थ आफ्नो नियमित खर्च पूरा गर्ने हुनुपर्छ, जब तपाईको आय निश्चित हुन्न । तपाईले आपतकालीन कोषलाई नगद रिजर्बदेखि अलग्गै राख्नुपर्ने हुन्छ । इमेरजेन्सी फण्डमा कमसेकम त्यति पैसा चाहि हुनुपर्छ, जति तपाईले पैसा प्राप्त गर्ने समयमा कुनै ढिलाई भएको खण्डमा सो अवधिसम्मको आर्थिक जिम्मेवारी सो कोषबाट पूरा गर्न सकियोस् । 

सबै पैसा एउटा बैंक खातामा राख्नूू
तपाईले आफ्नो सारा पैसा एउटा बैंक अकाउण्टमा राख्नुपर्ने हुन्छ । यसबाट जथाभावी खर्च हुँदैन र आफ्नो खाताको हरेक गतिविधिमाथि सधैभरि तपाईको नजर परिरहन्छ । मानसिक रुपले तपाईले खर्चको एउटा सीमा समेत तय गर्नुपर्ने हुन्छ । यसले तपाईको पैसा कहिलेसम्म सकिन्छ भन्ने कुरा पत्ता लाग्छ र त्योभन्दा अगाडि नै सकिने अवस्था आयो भने तपाईले आफ्नो अनियन्त्रित खर्चमाथि कंैची लगाउन सक्नुुहुन्छ । 

पहिला बचत, पछि खर्च
पैसाको तनावबाट बच्न सबैभन्दा राम्रो उपाय भनेको पहिला बचत गर्ने र पछि मात्र खर्च गर्ने । कतिपय मानिस हातमा पैसा आउनुुअघि नै क्रेडिट कार्डजस्ता ऋण साधनका प्रयोग गरी पैसा खर्च गर्छन् । यसबाट निकै ठूलो आर्थिक क्षति समेत हुनसक्छ, यसको परिणाम पूरा नकारात्मक समेत हुनसक्छ । यस्तो प्रवृतिले समयमै कर्जा चुकाउन मुश्किल हुनसक्छ । यदि तपाईले बेलैदेखि बचाउने आदत बनाउनुुहुन्छ र आफ्नो आर्थिक लक्ष्य पूरा गर्नका लागि बचतलाई लगानी गर्नुहुन्छ र त्यसपछि बचेको पैसा मात्र खर्च गर्नुहुन्छ भने यस्तो बानीले भविष्यमा आफ्ना लागि आवश्यक पर्याप्त फण्ड बनाउन सक्नुुहुन्छ । 

बिमा गराउनूू
स्वास्थ्य सम्बन्धी समस्या र शारिरीक विकलाङ्गता जस्ता आपतकालीन परिस्थितिहरु बाजा बजाएर आउँदैनन् । यस्ता आपतकालीन परिस्थितिबाट तपाईले आफूलाई बचाउन पनि सक्नुुहुन्न । तर, एक उपयुक्त बिमा स्किम लिएर यस्ता खालका जोखिमलाई न्यून गर्न सकिन्छ । किनभने अस्थिर आय हुनेहरुका लागि यस्तो परिस्थितिको सामना निकै जटिल समेत हुनसक्छ । एक लाइफ इन्स्योरेन्स स्किम लिएबाट तपाईको परिवारलाई तपाईको आपतकालीन मृत्युुपछि हुने तपाईको अनुपस्थितिमा समेत आर्थिक सहायता प्राप्त हुन्छ । यस्तै, स्वास्थ्य बिमा लिंदा स्वास्थ्य सम्बन्धी समस्यासँग जुध्न सहज हुन्छ । तपाईले एक क्यासलेस स्वास्थ्य बिमाको स्किम लिनुुपर्छ, ताकि कुनै बिरामी परिहाले क्यास(नगद) जुटाउने आपत नआइलागोस् । 

यदि तपाईको आय अस्थिर छ भने तपाईले आफ्नो आर्थिक व्यवस्थापन राम्रो ढंगले गर्न कडा आर्थिक अनुशासनको पालना गर्नुपर्ने हुन्छ । बेकारमा ऋण लिनबाट बच्नुुहोस्, बिना योजना महंगा चिजहरुमा अनावश्यक खर्च नगर्नुहोस् र आफ्नो आर्थिक उद्देश्यको पालना गरिरहनुुहोस् । 

आफ्नो व्यक्तिगत खर्चलाई सधैं व्यवसायिक खर्चदेखि अलग्गै राख्नुुपर्छ किनभने यसबाट तपाईले आफ्नो आर्थिक व्यवस्थापन अझ सहज ढंगले गर्न सक्नुुहुन्छ । आर्थिक योजना तथा व्यवस्थापन गर्नु प्रत्येक व्यक्तिका लागि आवश्यक कुरा हो, तर जसको आय अस्थिर छ, उसका लागि त यो अत्यावश्यक नै हो । यसकारण राम्रो ढंगले योजना बनाउनुहोस्, आर्थिक अनुुशासनको पालना गर्नुहोस् र अस्थिर आयको बाबजुद एक सामान्य जीवनको आनन्द उठाउनुहोस् ।