काठमाण्डौ । नेपालका लागि हुण्डाईको आधिकारिक डिलर लक्ष्मी इन्टरनेशनल प्रा.लि.ले आफ्नो नयाँ योजना “रोड टु रसिया” को घोषणा गरेको छ । 

विश्वकै सबैभन्दा प्रख्यात र लोकप्रिय फुटबल प्रतियोगिता फिफा वल्र्ड कपलाई लक्षित गरेर हुण्डाईले आफ्ना ग्राहकहरुका लागि यो अफर सार्वजनिक गरेको हो ।

समस्त हुण्डाई कार खरीद गरेकाहरुले हुण्डाई नेपालको आधिकारिक वेभसाइटमा उपलब्ध अनलाइन दर्ता फारम भरेर यो योजनामा सहभागी हुन सक्ने बताइएको छ । 

यस योजना अन्तगर्त दुई भाग्यशाली हुण्डाई गाडीका मालिकले रसिया जाने सम्पूर्ण भ्रमण प्याकेजको साथ फिफा वल्र्ड कप २०१८ को फाइनल म्याचको टिकट जित्ने मौका हात पार्ने कम्पनीले जनाएको छ । यस योजनामा अनलाइन दर्ता समावेश छ र दर्ता यही वैशाख २४ गतेदेखि सुरु भएर असार १ गते समाप्त हुने बताइएको छ ।

अन्तर्राष्ट्रिय फुटबलका फ्यानहरुलाई हुण्डाईको यस योजनाले विश्वकै सबैभन्दा रोमाञ्चक र प्रख्यात म्याच, २०१८ फिफा वल्र्ड कप रसियाको फाइनलको प्रत्यक्षदर्शी बन्ने मौका प्रदान गर्ने कम्पनीको भनाई छ । २०१८ को यो फिफा वल्र्ड कप २१औं फिफा वल्र्ड कप हो, जुन प्रत्येक ४ वर्षमा एक पटक मात्र हुन्छ । महिनौंसम्म चल्ने यो प्रतियोगिता विश्वकै सबैभन्दा ठूलो खेलकुद इभेन्ट हो । 

हुण्डाईले फिफासँगको आफ्नो आवद्धता सन् १९९९ देखि सुरु गरेको थियो र सन् २०२२ सम्म पनि हुण्डाई फिफाको आधिकारिक अटोमोटिभ पार्टनरको मुख्य प्रायोजक हुनेछ ।