काठमाण्डौ । मानिसको व्यवहार ऊभित्रको मान्यता र उसको सोंचमा निर्भर हुन्छ । धनी बन्न तपाईले कयौंपटक आफ्नो दिमागमा कैयन परिवर्तन गर्न सक्नुपर्छ । 

गरीब–धनीको सोंचबीच निकै ठूलो अन्तर हुन्छ र यही अन्तरले मानिसलाई धनी बनाउँछ । जो मानिस गरीब खालको सोंच राख्छन्, उनीहरु गरीब नै बनिराख्छन् । इंक डट कममा छापिएको एक रिपोर्टअनुसार तपाईले केवल सोंचको आधारमा बताउन सक्नुहुन्छ कि को गरीब हो र को धनी हो अथवा, कसमा गरीब र धनी बन्ने क्षमता छ । आउनुहोस् हेरौं पैसाको बिषयमा गरीब र धनीले कस्तो सोंच राख्छन् ?

१.
गरीब: मैले पैसा कमाउनका लागि काम गर्नुपर्छ ।
धनी: मैले पैसालाई आफ्ना लागि काम गराउनुपर्छ ।

२.
गरीब: धन भन्ने कुरा साह्रै खराब हुन्छ र यसले मानिसको दिमाग खराब गरिदिन्छ ।
धनी: पैसाले मलाई मेरो सहुलियत वा सहजतासँग सम्झौता गर्नबाट रोक्छ र यसले एउटा स्वतन्त्रता दिन्छ ।

३.
गरीब: धनी बन्नका लागि भाग्य तथा राम्रो कनेक्सनको आवश्यकता पर्छ । 
धनी: यसका लागि मैले कडा मेहेनत गर्नुपर्छ र आफ्नो जिन्दगी बदल्नुपर्छ ।

४.
गरीब: मैले एउटा यस्तो बाटो खोज्नुपर्छ, जहाँबाट मलाई नियमित आम्दानी होस् ।
धनी: मैले कैयन क्षेत्र(ठाउँ)बाट पैसा कमाउनुछ ।

५.
गरीब: खर्च गरिसकेपछि रहेको रकम मात्र म बचत गर्न सक्छु । 
धनी: म पहिला २० प्रतिशत बचत गर्छु र त्यसपछि बचेको ८० प्रतिशतलाई प्रयोग गरेर यसबाट के गर्न सकिन्छ भन्ने कुरा हेर्छु ।

६.
गरीब: मलाई मेरो नोकरीको हिसाबले पैसा प्राप्त हुनुपर्छ ।
धनी: मलाई त्यति नै पैसा प्राप्त हुनुपर्छ, जति म मेहेनत गर्छु । 

७.
गरीब: मैले अवसरलाई पर्खिनुपर्छ । 
धनी: मैले अवसर बनाउनुपर्छ ।

८.
गरीब: म आफ्नो लक्ष्यमा सफल हुन पाइँन, यो मेरो काबुभन्दा बाहिरको कुरा थियो ।
धनी: म आफ्नो लक्ष्यमा सफल हुन पाइँन, तर यसका लागि मैले अर्को बाटो तय गर्नुपर्छ।

९.
गरीब: म जहाँ पुग्नुछ, त्यहाँ पैसाको तागतले पुग्नुपर्नेछ ।
धनी: मैले अरुलाई यो कुरामा राजी बनाउनुपर्नेछ कि उनीहरुले ममाथि पैसा लगाउन् , लगानी गरुन् ।

१०.
गरीब: मैले स्मार्ट बन्नुपर्नेछ ।
धनी: मसँग राम्रो आइडिया हुन आवश्यक छ । र, मैले यस्ता व्यक्तिको संगत गर्नुपर्छ, जो विज्ञ हुन् र मैले कहिल्यै पनि हार मान्नुहुन्न ।