काठमाण्डौ । आइएमई ग्रुप अन्तर्गतको  आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा संचालित  आइएमई पे मोबाइल वालेट एपमा नयाँ विशेषता थप गरिएको छ । 

मोबाइल एपमा 'डिल्स' भन्ने नयाँ प्रावधान उपलब्ध गराइएको छ, जसबाट आइएमई पे मोबाइल वालेट एप चलाउनेले विभिन्न रेस्टुरेन्ट वा पसलहरूले उपलब्ध गराएका अफरहरू प्राप्त गर्न सक्नेछन् । 

आइएमई पे मोबाइल वालेट एप गुगल प्ले वा एप स्टोरबाट सजिलै डाउनलोड गर्न सकिन्छ । आफ्नो व्यक्तिगत जानकारी उपलब्ध गराई प्रमाणित भएपछि सेवाग्राहीहरूले आइएमई वा आइएमई पे एजेन्टबाट, वा आफ्नो बैंकबाट सिधै, वा आइएमई पे मोबाइल वालेट एप चलाउने आफ्नो साथीभाइबाट मोबाइल वालेटमा पैसा हाल्न सकिन्छ । 

काठमाडौँ र पोखराका विभिन्न रेस्टुरेन्टहरूमा हाल डिल्स सेवा अन्तर्गत् विभिन्न छुटको व्यवस्था गरिएको समेत कम्पनीले जनाएको छ । 

आइएमई पे मोबाइल वालेट एपका कुनै पनि ग्राहकले तोकिएको स्थानमा गई आइएमई पेबाट भुक्तानी गर्दा छुट प्राप्त गर्न सक्नेछन् । 

 यसका साथै आइएमई पेबाट विक्रेता अर्थात् मर्चेन्ट बनेका विक्रेताले आफ्नो छुटको विज्ञापन बिना कुनै शुल्क आइएमई पेका ग्राहकहरूलाई देखाउन वा प्रदर्शन गर्न सक्नेछन् । 

आइएमई डिजिटल सोलुसन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विकास कुमार नहाटाका अनुसार आइएमई पे मोबाइल वालेट एपका हालका प्रयोगकर्ता र भविष्यमा आबद्ध हुने सेवाग्राहीहरूको पनि प्रमुख चाहना भनेकै आफूले खरिद गरी आइएमई पेबाट भुक्तानी गर्दा सजिलो र फलदायी होओस् भन्ने रहेको र यसैलाई मध्यनजर गरी 'डिल्स' शीर्षक सुरु गरेको प्रष्ट्याए । 

यो सेवाबाट सेवाग्राहीहरूले आफ्नो वरिपरि के–कस्तो सुविधा र अफर चलिरहेको छ भनेर जानकारी पाउँछन् र आइएमई पेबाट भुक्तानी गर्दा विक्रेताले प्रदान गर्ने छुट सजिलै प्राप्त गर्न सक्छन् ।