काठमाण्डौ । टोयोटा मोटर कार्पले आफ्नो सेक्सी डायमण्ड डिजाइनवाला कार C-HR यूके, अस्टेलिया लगायतका देशमा बिक्री थालेको छ । टोयोटाले यो कारलाई निकट भविष्यमै भारत र त्यहाँबाट नेपालमा समेत बिक्री गर्ने सोंच बनाएको मिडिया रिपोर्टमा उल्लेख छ । विश्वको अटोमोवाइलको बजार तीव्र रुपमा परिवर्तन भइरहेको छ । गत केही वर्षदेखि खास गरी युवा वर्गको बीच कम्प्याक्ट स्पोर्टस युटिलिटी भेइकल(एसयूवी)को निकै ठूलो डिमाण्ड छ । 

हाल बजारमा उपलब्ध कम्प्याक्ट एसयूूवी सेगमेन्टमा हुण्डाईको क्रेटा, मारुतीको ब्रेजा, राइने डस्टर तथा फोर्डको इकोस्पोर्ट निकै लोकप्रिय छन् । यस्तो अवस्थामा टोयोटाको C-HR ले बजारमा प्रतिस्पर्धाको स्तरलाई अझ बढाउन सक्नेछ । यो कार सन् २०१८ सम्ममा भारत र नेपालको बजारसम्म आइपुुग्ने बताइएको छ । 

पूर्ण सुरक्षित


टोयोटाले आफ्नो सिएचआरलाई न्यू ग्लोबल आर्किटेक्ट फिलोसोफीको प्रविधिमा निर्माण गरेको हो । यसको अर्थ हो, यो कार अन्य कारको तुलनामा आकर्षक, अझ बढी स्टाइलिस र स्ट्रक्चरको हिसाबले धेरै उत्कृष्ट हुने आशा गरिएको छ । यसलाई पूर्ण रुपमा सुुरक्षित बनाइएको छ । यो कारलाई यूके भर्जनको फाइभ स्टार यूरो NCAP रेटिङ प्राप्त भएको छ । 

कयौं देशमा पेश भइसकेको छ यो कार


टोयोटाले यो कारलाई प्रत्येक वर्ष १.७० लाख थान निर्माणको योजना बनाएको छ । तुर्किस्तानमा १ लाख कार र जापानमा ७० हजार कार बनाइनेछ । तत्काल चाहि यो कारलाई अस्ट्रेलिया र जापानमा बिक्री सुरु गरिसकिएको छ । 

मन पराउने विश्वास


टोयोटाका चिफ इञ्जिनियर हिरोयूकी कोबाले भनेका छन् कि उनीहरुले टोयोटाका अन्य कार मन नपराउने  ग्राहकहरुलाई लक्षित गरी यो कार निर्माण गरिएको हो । उनको दाबी अनुसार जो व्यक्ति टोयोटा कारको बिषयमा सोच्नै चाहदैनन्, तिनीहरुले यो नयाँ संस्करणलाई देख्नेबित्तिकै आफ्नो मनलाई परिवर्तन गरिदिनेछन् । कोबाले भनेका छन् कि टोयोटाको नयाँ सीएचआर मोडललाई सेक्सी डायमण्ड थिमको हिसाबले बनाइएको हो । यो थिमअन्तरगत कारको भित्री र बाहिरी दुवै भागको लुक्समा विशेष ध्यान दिइएको हुन्छ । 

के हो कारको विशेषता ?

  • इञ्जिन : १.२ लिटर
  • पावर : ११४ बिएचपी टर्बोचाजर्ड
  • ६ स्पीड म्यानुुअल वा सीवीटी गियरबक्स

अन्य विशेषता :

  • अटो हेडलाइट्स
  • अटो वाइपर्स
  • फोलो मी होम हेडलाइट्स
  • रिभर्सिङ क्यामेरा
  • एलइडी डेलाइट रनिङ लाइट्स
  • प्रि कोलिसन सिस्टम
  • रोड साइन एसिस्ट
  • अटोमेटिक हाई बिम
  • क्रूज कन्ट्रोल
  • फग ल्याम्प
  • एबीएस
  • भेइकल स्टेबिलिटी कन्ट्रोल