काठमाण्डौ । अमेरिकाका आईटी इन्जिनियर पल क्लिङ्गरले विश्वकै सबैभन्दा सानो ल्यापटप बनाएका छन् । 

पलद्वर बनाइएको यो ल्यापटपको स्क्रिन केवल १ इन्चको छ । यसको डिस्प्ले ०.९६ सेमीमात्र छ । 

पललाई यो ल्यापटप बनाउन सात दिन लग्यो । यो ल्यापटप बनाउन उनले करिब ८५ अमेरिकी डलर खर्च गरे । 

पलका अनुसार उनले यो ल्यापटपको नाम ‘थिङ्क टिनी’ राखेका छन् । यो ल्यापटप आईबीएमको थिङ्कप्याडको सानो रुप हो । 

यो ल्यापटपमा थिङ्कप्याडकै जस्तो कीप्याडको बीचमा रातो रङका ट्रयाक पोइन्ट स्टाइल कर्सर कन्ट्रोलर राखिएको छ । यसमा ३०० एमएएचको ब्याट्री लगाइएको छ । जसलाई चार्ज पनि गर्न सकिन्छ । 
विशेषगरी यो ल्यापटपमा प्रयोगकर्ताहरुले गेम पनि खेल्न सक्छन् । 

थिङ्कटिनीमा एउटा १४–पिन एटी टिनी १६१४ माइक्रोकन्ट्रोलर (२० मेगाहर्ज) रहेको छ । जुन एउटा सानो १२८ ह ६४ पिक्सेल ओएलईडी डिस्प्लेमा जडित छ । यसमा ७ लाइनको बोर्ड रहेको छ । – एजेन्सी