काठमाण्डौ । तपाइँ थुप्रै प्रकारका युनिक बाइक वा स्कुटर देख्नुभएको होला। तर के यस्तो बाइक देख्नुभएको छ जसलाई फोल्ड गरेर राख्न वा ब्यागमा बोक्न सकिन्छ ? सायद छैन होला।

जापानका केही रिचर्सहरु एउटा यस्तै युनिक इलेक्ट्रिक बाइक बनाएका छन्। जसलाई आवश्यक नपर्दा फोल्ड गरेर सजिलै राख्न वा ब्यागमा हालेर बोक्न सकिन्छ। 
पोइमो नाम दिइएको यो इलेक्ट्रिक बाइकलाई छोटो र मध्यम दूरीको यात्रालाई ध्यानमा राखेर तयार पारिएको छ। 

यो विशेष प्रकारको इलेक्ट्रिक बाइक टोक्यो युनिभर्सिटीको टिमले मिलेर तयार पारेका हुन्। पोइमो नामक यो भाइब पोर्टेबल र इन्फ्लाएबल मोबिलिटी प्रकारको छ। 

यो टिमको मुख्य उद्देश्य यस्तो बाइक बनाउनु थियो जुन हल्का होस् र सजिलै कतै राख्न वा बोकेर हिँड्न सकियोस्। ता कि मानिसले आफ्नो साधान सार्वजनिक यातायातका साधनमा पनि बोकेर लान सकून् र अन्तिम गन्तव्यमा प्रयोग गर्न सकून्। 
पोइमो बाइक थर्मोप्लास्टिक पोलियुरेथेन (टीपीइू) फ्याब्रिकबाट बनेको एउटा एन्फ्लाटेबल रेक्ट्यांगुलर फ्याब्रिक फ्रेमबाट बनेको छ। यो बाइक एउटा सानो इलेक्ट्रिक पम्पका साथ आउँछ। जुन लगभग एक मिनेटमा फ्रेमलाई पूर्ण रुपमा हावा भर्छ वा फुलाउँछ। 

बाइकमा सानो इलेक्ट्रिक मोटर र इन्फ्लाटेबल फ्रेमको तल जोडिएको रबरको साना पांग्रा जडित छन्। यसमा वायरलेस कन्ट्रोलर पनि रहेको छ। जुन ह्यान्डबारमा जोडिएको छ।

यो युनिक बाइकको वजन लगभग ५.४४ किलोग्राम छ। यो बाइक बनाउने टिमले भविष्यमा यो तौल अझै कम पारिने जनाएको छ।

यो युनिक इलेक्ट्रिक बाइक बनाउने टिमले सन् २०२० एचआरआई कन्फ्रेन्समा एउटाभर्चुअल प्रिजेन्टेसनमा यसको सबैभन्दा लेटेस्ट प्रोटोटाइप प्रस्तुत गरेका थिए। टिमलाई आशा थियो कि पोइमो एक दिन कमर्सियल प्रडक्ट बन्न सक्छ। अहिले यो टिमले यो बाइक अझै हल्का, मजबुत र राम्रो बनाउने काममा लागेको छ। – एजेन्सी