काठमाण्डौ । तरलता अभावको सकस भोगिरहेका बैंकहरुको सहजताका लागि नेपाल राष्ट्रबैंकले विभिन्न कोषमा रहेको १ अर्ब ४३ करोड १२ रुपैयाँ मुद्धती निक्षेपमा लगानी गर्ने भएको छ । 

केन्द्रीय बैंकले एक सूचना प्रकाशित गर्दै योग्य बैंक तथा बित्तीय संस्थाहरुलाई आफूले लिन चाहेको रकम र त्यसका लागि दिनसक्ने ब्याजदर समेत खुलाई शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरेको छ । 

केन्द्रीय बैंकको विभिन्न कोषमा रहेको रकम लिन चाहने बैंक तथा बित्तीय संस्थाले कात्तिक २० गते मंगलबार अपरान्ह ३ बजेभित्र केन्द्रीय बैंकको वित्त व्यवस्थापन विभाग, बालुवाटारमा शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

राष्ट्रबैंकले 'क' वर्गका वाणिज्य बैंकहरुमा १ अर्ब १४ करोड ५० लाख लगानी गर्नेछ भने विकास बैंकहरुमा २१ करोड ४६ लाख र 'ग' वर्गका बित्त कम्पनीहरुमा ७ करोड १६ लाख लगानी गर्नेछ ।

यो रकम मुद्धती निक्षेपमा लिनका लागि केन्द्रीय बैंकले विभिन्न ११ बुँदे शर्त समेत तोकेको छ । 

शर्त तथा सीमा यस्ता छन्: