काठमाण्डौ । लगानीयोग्य रकमको अभावले दोश्रो बजार घटेर चौपट भई कतिपय म्युचुुअल फण्डहरु प्रति इकाई खूद मूल्यभन्दा कममा कारोबार हुन थालेपछि यसको असर नयाँ म्युचुुअल फण्डहरुलाई समेत परेको देखिएको छ । 

चरम तरलता अभावकै समयमा निश्कासन गरिएको एनआइसी एशिया क्यापिटल लिमीटेडको पहिलो म्युचुुअल फण्ड एनआइसी एशिया ग्रोथ फण्डको समेत सबै इकाई बिक्री नभएको हो । 

यसको अर्थ एनआइसी एशिया ग्रोथ फण्डको आकार समेत घटेको छ । कोष व्यवस्थापक एनआइसी एशिया क्यापिटल लिमीटेडका एक अधिकारीका अनुसार १ अर्बको कोषको आकार घटेर ८५ करोेडमा सीमित बन्न पुुगेको हो । इकाई खरीदका लागि कुल २९ हजारले आवेदन दिएका थिए । 

एनआइसी एशियाले आफ्नो पहिलो म्युचुुअल फण्डका ८ करोड ५० लाख इकाईहरु सर्वसाधारणका लागि माघ २ गतेदेखि निश्कासन गरेको थियो । त्यसपछि पटक पटक म्याद थप्दा समेत सबै इकाई बिक्री भएन । 

एनआइसी एशियाको प्रवद्र्धन र एनआइसी एशिया क्यापिटलको व्यवस्थापनमा संचालन हुन लागेको ७ वर्षे बन्दमुखी यो स्किमले १० रुपैयाँ दरले इकाई बिक्री खुलाएको थियो । 

इच्छुक लगानीकर्ताले न्यूनतम १०० देखि अधिकतम २० लाख इकाईसम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको थियो । 

निश्कासित कुल इकाईमध्ये एककरोड ५० लाख इकाई कोष प्रवद्र्धक एनआइसी एशिया बैंकका लागि सुरक्षित गरिएको थियो भने बाँकी ८ करोड ५० लाख इकाई सार्वजनिक रुपमा बिक्रीका लागि खुल्ला गरिएको थियो ।

एनआइसीले पहिलो म्युचुुअल फण्डको इकाई निश्कासनको समयमै सीबीआइएल क्यापिटलले समेत अर्को म्युचुुअल फण्ड इकाई निश्कासनको होडबाजी गरेपछि दुवै फण्डको आकार स्वीकृत भन्दा खुम्चिएको हो । धेरै आवेदन पर्दा १ अर्बको फण्डको आकार २५ प्रतिशतसम्म बढाउन पाइन्थ्यो । तर, विविध कारणले एनआइसी एशियाको पहिलो म्युचुुअल फण्डको आकार ८५ करोडमा सीमित बन्न पुुगेको बताइएको छ ।